जर्सी सिटीमा सुपरिचित गायक प्रकाश सपुतको आज (मे ४) सांगितिक साँझ हुँदै

Exclusive: नेपालका बहुचर्चित गायक, सर्जक, संगीतकार प्रकाश सपुतको आज (मे ४) बिहिवार ६ बजे सांगितिक साँझको आयोजना गरिएकोछ। न्यू जर्सी नेपाली समुदायबाट संयुक्तरूपमा आयोजित Meet & Greet लाईभ सांगितिक साँझमा गायक सपुतलाई जर्सी सिटी सहर र नेपाली समुदायबाट विशेष सम्मान कार्यक्रम पनि रहेको छ। उनको पछिल्लो बहुचर्चित गीत सकम्बरीले उनको यूट्यूब च्यानलमा रिलिज भएको दुई हप्तामै गत अप्रिल १४-२७ बिच १ करोड ७० लाख पटक हेरिएर नेपालकै सांगितिक ईतिहासमा पहिलो रेकर्ड कायम गरेको छ।
गायक सपुतका बहुचर्चित लोकगीतहरू बोल माया (२०१८), गलबन्दी (२०१८), दोहोरी ब्याचल (२०१८), फुटेका चुरा (२०१९), बदला बरिलै (२०२०), मेरो पनि हैन र यो देश (२०२१), कुरा बुझ्न पर्च (२०२१), पीर (२०२२) र सकम्बरी (२०२३) रहेकाछन् भने उनका गीतहरू यूट्यूबमा २९० मिलियनभन्दा बढी पटक हेरिएकोछ।
गायक प्रकाश सपुत यूट्यूब च्यानलमा सबैभन्दा बढी सब्सक्राइबर १९ लाख (1.97 millions subscribers) भएको पहिलो गायक, सर्जक र संगितकार पनि हुन्।

Introduction of Prominent Singer Prakash Saput
Mr. Prakash Saput aka Prakash BK is leading Nepali singer-songwriter, composer, model and actor who’s known for blending his unique artistic creation and social awareness themes into his