top of page

अमेरिकाको जर्सी सिटी र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउन दुई मेयरद्वारा सम्झौता

Updated: Dec 14, 2020

Historic Sister City Established between Jersey City and Nepal's Indrawati

Exclusive: अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच यहीं जनवरी २४ (January 24, 2019) तारिख सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएकोछ। जर्सी सिटी मेयर स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांगले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

उक्त आठ बुँदे सम्झौता पत्रमा दुई शहरबिच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुसाशन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएकोछ।


यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (TPS) काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानकोलागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह (Nepali Flag Raising Day) सम्पन्न भएको थियो । सिटी हलभवन भित्र नेपालको झण्डा फहराउने जर्स