न्यू योर्कमा Stop Asian Hate जुलुसमा नेपालीहरूको सहभागिता, हिंशाको घटना १४९ प्रतिसतले वृद्धि

Updated: Apr 8



Updated: Exclusive: न्यू योर्क- एशियाली मुलका अमेरिकी नागरिकहरूमाथि भएका हिंशा र हत्याको विरूद्धमा न्यू योर्कका नेपालीहरूको आवाज चर्किदो छ। गत अप्रिल ४ तारिख न्यू योर्क सहरमा Coalition of Asian American for Civil Rights (CAACR) द्वारा आयोजित विरोध जुलुसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) सह-आयोजक रहेर सहभागिता जनाएको थियो। क्यालिफोर्निया राज्य विश्वविद्यालयको रिपोर्ट अनुसार कोरोना महामारीको शुरूवातीपछि सन् २०२० मा एशियाली मुलका अमेरिकी विरुद्ध हिंशाको घटना १४९ प्रतिसतले बढेको छ भने Stop AAIP Hate 2020-2021 रिपोर्ट अनुसार ३,७९५ हिंशाका घटनाहरू घटेकोछ।

एशियाली मुलका अमेरिकी विरुद्ध भएका हिंशाको घटनामा बढोत्तरी कोरोना महामारीको शुरूवातीपछि भएको कुरा विभिन्न रिपोर्टहरूको तथ्याँकले प्रमाणित गरेकोछ।

कोरोनाभाईरसलाई अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अतिवादी समर्थक रिपब्लिकनहरूले ‘चाईना भाईरस’ को रूपमा चित्रित गरेपछि गैरएशियन अमेरिकीमा एशियाली मुलका अमेरिकी विरुद्ध बैरभाव फैलिएको कुरालाई कसैले नकार्न सक्दैन। विश्व स्वास्थ्य संगठन (WHO) ले चीनको वुहान सहरबाट फैलिएको मानिएको नयाँ भाईरसको नामाकरण COVID-19 यानेकी कोरोनाभाईरसको रूपमा प्रयोगमा ल्याए पनि जातीय विभाजन र बिखण्डनलाई प्रस्रय दिई श्वेत जातीय सर्वोच्चतावादलाई बढावा दिन किंचित नहिच्किचाउने राष्ट्रपति ट्रम्पको भनाईहरूको कारण अमेरिकी जनताहरू बिचमै यस्तो बिभाजन आएको हो।


अमेरिकी जनताबिच बिभाजन ल्याउने कुनै पनि प्रकारको हिंशाको समानताको पक्षधरहरूले कडा विरोध गर्नु जरूरी छ। अझ नेपाली मुलका अमेरिकीहरूले आफू एशियन भएको कारण एशियाली मुलका अमेरिकी विरुद्ध हुने कुनै पनि हिंशा र भेदभावको डटेर विरोधमा उत्रिनु पर्दछ। फिप्नाले नेपालीहरूको नेतृत्व गरी यस्ता जनचेतना र नागरिक आन्दोलनहरूमा सकृय सहभागिता जनाउनु सराहनीय छ। अन्य नेपाली अमेरिकन संघसंस्थाहरू पनि झट्ट अघि सर्नु जरूरी छ।


सन् २०१९ को जनगणना अनुमानअनुसार एशियाली अमेरिकन जनसंख्या १८.९ मिलियन (१ करोड ८९ लाख) रहेकोछ जुन अमेरिकाको कुल जनसंख्याको ५.७ प्रतिशत हो। सबैभन्दा बढी एशियाली जनसंख्या भएका राज्यहरूमा क्यालिफोर्निया, न्यू योर्क, टेक्सास, न्यू जर्सी, ईलिनोई, वासिंगटन, फ्लोरिडा, भर्जिनिया, हवाई र मासाचुसेट्स राज्य हुन्। (https://minorityhealth.hhs.gov/omh/browse.aspx?lvl=3&lvlid=63)


एशियाली मुलका अमेरिकी विरुद्ध हुने हिंशाबारे स्रोतहरू:

Some resources links:


Asian Americans Advancing Justice

https://www.advancingjustice-aajc.org/


Anti-Asian Hate 2020-2021 National Report

https://stopaapihate.org/2020-2021-national-report/


Hate Crimes Task Force and Pro Bono Legal Resources

National Asian Pacific American Bar Association (NAPABA )

https://www.napaba.org/page/HateCrimeResources


Anti-Asian Hate Crime data

https://www.csusb.edu/sites/default/files/FACT%20SHEET-%20Anti-Asian%20Hate%202020%20rev%203.21.21.pdf


फिप्नाको जुलुसमा सहभागिताबारे विज्ञप्ति:


“Stop Asian hate “ शान्तिपूर्ण ऱ्यालीमा दशौं हजारको प्रदर्शन, फिप्ना सह आयोजक


संयुक्त राज्य अमेरिकामा पछिल्लो समय रंगभेदी, जातिभेदी गतिविधिहरू बढी रहेको तथा एशियाली मुलुकका अमेरिकन नागरिकहरूमाथि सांघातिक आक्रमण बढीरहेको विरूद्वमा न्यू योर्कमा दशौं हजारको प्रदर्शन भएको छ । अप्रिल ४ तारिखका दिन म्यानहाटनको फ्लोरी स्क्वार बाट ब्रुक्लिन पुल हुँदै क्याटमन प्लाजा सम्म जुलुस सहित प्रदर्शन गरिएको थियो । Coalition of Asian American for Civil Rights को प्रमुख आयोजनमा प्रदर्शन गरिएकोमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) सहआयोजक रहेको थियो ।


फिप्नाले नेपाली अमेरिकन समुदायको नेतृत्व गरेको सो ऱ्यालीमा फिप्नाका अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरूङ, फिप्नाका सल्लाहकार भरत लामा, एनआरएन न्यू योर्क च्याप्टरका कोषाध्यक्ष सोभाकान्त पाण्डे, एनआरएन न्यू योर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु राना मगर, फिप्नाका महासचिव नरेन्द्र थापा मगर, कोषाध्यक्ष छोन्जोम लामा, सचिव टोमा लामा, सदस्य सोनाम गेल्बु शेर्पा, स्थानिय निकाय विभागका सदस्य सचिव दिपेन्द्र लामा, मुगुम अर्गनाईजेशनका अध्यक्ष आङगेल लामा, निवर्तमान अध्यक्ष पेमा लामा, तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा, किरात याक्थुङ चुम्लुङका महासचिव सुमन थाम्सुहाङ, कोषाध्यक्ष सरोज थाङदेन, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यू योर्क च्याप्टरका अध्यक्ष केशवराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङ, शेर्पा संघ अमेरिका अध्यक्ष आङजंबु शेर्पा, फिप्नाका पूर्व महासचिव प्रेम गुरूङ, एनआरएनकी अभियन्ता राज्य कर्माचार्य श्रेष्ठ, एनआरएन न्यू योर्क च्याप्टर युथ कोर्डिनेटर विजय गुरूङ लगायतले प्रतिनिधित्व गरेका थिए ।


हामी समानता चाहन्छौं, जातिय विभेद बन्द गर, रंगभेद वन्द गर, सबैप्रकारको अन्यायहरूको विरूद्धमा एकजुट होऔं जस्ता लेखिएको प्लेकार्ड सहित न्यायपूर्ण आन्दोलनमा समानताको लडाईमा सधैं अग्रमोर्चामा नेपाल आदिवासी जनजाति महासंघ सधैं जनताको साथमा रहने छ । दशौं हजारको उपस्थित रहेको जुलुसमा नेपाली समुदायको नेतृत्व गर्दै फिप्नाले सहआयोजकको भूमिका निर्वाह गरेकोमा सबै नेपाली संघ संस्था तथा व्यक्तिहरूको सक्रिय सहभागिता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।


लोक चेम्जोङ

अध्यक्ष

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)

0 comments