top of page
Writer's pictureNepalism.com

अमेरिकाको जर्सी सिटीमा नेपाली नारीहरूको तीज पर्व सम्पन्न

Exclusive: अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरमा नेपाली नारीहरूको तीज पर्व भव्यतापूर्वक मनाईएकोछ। वुमन फर कज (डब्ल्यूएफसी) र हड्सन स्पिक्सको संयुक्त आयोजनामा डाकिएको तीज दर खाने भेलामा झण्डै दुई सय दिदीबहिनीहरू र उनीहरूको परिवारका सदस्यहरू सहभागी भएर रमाईलो गरेका थिए।

तीज समारोहलाई डब्ल्यूएफसीकि संस्थापक अध्यक्ष एवं हड्सन स्पिक्सकि वरिष्ठ परियोजना निर्देशक डा. विष्णुमाया परियार, डब्ल्यूएफसीकि अध्यक्ष सरला तिमल्सेना, न्यू जर्सी राज्य असेम्बली सदस्य जेसिका रामिरेजकी चिफ अफ स्टाफ मारियल डिडाटो, साउथ एशियन डेमोक्रेटिक ककस न्यू जर्सीकी अध्यक्ष पारूल अनेजा खेम्का र हड्सन स्पिक्सकि क्राईसिस कोअर्डिनेटर मारिया ईलेन ईभियाले सम्बोधन गरेका थिए। समारोहको सन्चालन डब्ल्यूएफसीकि महासचिव आशिका (हिरा) कँडेलले गरेकि थिईन्।


कलाकार सरिता तामांगले सुन्दर लोकनृत्य प्रस्तुत गरेकिथिईन् भने उपस्थित दिदी बहिनीहरू तीजको दर खाँदै तीज गीतमा मातृभूमि नेपाल र माईती घर सम्झिदै झुमेका थिए।

0 comments

Comments


bottom of page