top of page

ओडारको मुस्कानमा मुस्कान थपिंदै



Impact: नेपालको चितवन, धादिंग र गोर्खा जिल्लाको विकट ओडारहरूमा एक्लो जीवन बिताईरहेका चेपांग जनजाति आदिवासीहरूबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म The Cave Smile (ओडारको मुस्कान) का सात पात्रहरूको सहयोगार्थ न्यू योर्कमा संकलित अमेरिकी डलर $१,५०८ उक्त फिल्मकी निर्मात्री पार्वती भण्डारीलाई हस्तान्तरण गरिएकोछ। ओडारको मुस्कान डकुमेन्ट्री गतवर्षको नोवेम्बर १५ तारिख न्यू योर्क सहरस्थित ठमेल एनवाईसी नेपाली रेष्टुरेन्टमा प्रदर्शन गरिएको थियो। यसैबिच, उक्त डकुमेन्ट्रीका निर्देशक एवं अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीले न्यू योर्कवासी नेपालीहरूबाट आफूले पाएको सद्भाव र डकुमेन्ट्रीका पात्रहरूको सहयोगको निम्ति आभार व्यक्त गरेकाछन्।


सहयोगदाताहरूको नाम र सहयोग राशी यसप्रकार रहेकोछः


१. बसन्ती राई $५००

२.युएसए एग्रो फार्म (प्रदीप+विष्णु) $२०१

३.सन्ध्या गुरूंग प्रधान $२००

४.विष्णु राना मगर $१५१

५.भिम पन्त $१०५

६.कुलदीप राना मगर $१००

७.पूर्णबहादुर पाईजा मगर $१००

८.दीप सागर बुढा मगर $१००

९.डा. शंकर बिसुन्के $५१


जम्मा USD $१,५०८