top of page

अमेरिकी तल्लो सदनद्वारा राष्ट्रपति ट्रम्प दोश्रो पटक महाअभियोग (Impeachment) द्वारा दोषी ठहर


Exclusive: अमेरिकी तल्लो सदनद्वारा जनवरी १३ तारिख राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो पटक महाअभियोग (Impeachment) द्वारा दोषी ठहर भएका छन्। ट्रम्प महाअभियोगबाट दोश्रो पटक आरोपित हुने ईतिहासमै पहिलो अमेरिकी राष्ट्रपति बन्न पुगेकाछन्। राष्ट्रपति ट्रम्पले गत जनवरी ६ तारिख अमेरिकी संयुक्त सदनको क्यापिटल भवन हमलामा उनका समर्थक बिद्रोहीहरूलाई राज्यको बिरूद्ध उक्साएको (incited to insurrection) भन्दै अमेरिकी तल्लो सदनद्वारा महाअभियोगद्वारा दोषी ठहरिएको हो।


अमेरिकी तल्लो सदनद्वारा जनवरी १३ (२०२१) मा आयोजित दोश्रो पटकको महाअभियोग मतदानमा तल्लो सदनका बहुमत २३२ प्रतिनिधि सदस्यहरूले महाअभियोगको पक्षमा मतदान गरेका थिए भने बिपक्षमा १९७ प्रतिनिधि सदस्यहरूले मतदान गरेका थिए । रिपब्लिकन पार्टीका राष्ट्रपति ट्रम्पको महाअभियोगको पक्षमा १० जना रिपब्लिकन प्रतिनिधि सदस्यहरूले मतदान गरेका थिए भने बाँकी २२२ जना डेमोक्रेटिक प्रतिनिधि सदस्यहरूले मतदान गरेका थिए। ४ जना प्रतिनिधि सदस्यहरू मतदानमा अनुपस्थित रहे।


राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१९ को डिसेम्बर १८ तारिख अमेरिकी तल्लो सदनबाटै बाह्य देशबाट निर्वाचनमा सहयोग मागेको भन्दै पहिलो पटक महाअभियोगद्वारा दोषी ठहर भएका थिए। पहिलो पटकको महाअभियोग मतदानमा तल्लो सदनका बहुमत २३० प्रतिनिधि सदस्यहरूले महाअभियोगको पक्षमा मतदान गरेका थिए भने बिपक्षमा १९८ प्रतिनिधि सदस्यहरूले मतदान गरेका थिए । यो मतदानमा डेमोक्रेटिक प्रतिनिधि सदस्यहरूले महाअभियोगको पक्षमा मतदान गरेका थिए। ३ जनाप्रतिनिधि सदस्यहरू मतदानमा अनुपस्थित रहेका थिए। यो महाअभियोगमा माथिल्लो सदन सिनेटद्वारा गत फेब्रूवरी ५ तारिख (२०२०) बहुमतबाट ट्रम्पलाई सफाई दिएको थियो।


Read related topic:


Most Dangerous Man in the World | विश्वकै खतरनाक मान्छे