उज्ज्वल ठकुरीको ८ औं विश्व किर्तिमानी
Updated: Mar 8, 2021

-Bijay Thapa
डिसी महानगर क्षेत्र । नेपाली कराते खेलाडी उज्जवल शर्मा ठकुरीले गिनिज वर्ल्ड रेकर्डसको आठौं पटक विश्व किर्तिमानी कायम गर्न सफल भएकाछन्।
खेलाडी उज्ज्वल ठकुरीले भारतको ताईक्वान्डो खेलमा ओलम्पिक प्रतियोगिताका लागि छनौट खेलाडी साई दीपक पटेलले गरेको विश्व कीर्तिमानीलाई भंग गरि दिएका हुन् ।
खेलाडी ठकुरीले ६ किलोग्रामको वजन खुट्टामा बाँधेर ४ फिट माथि लात हान्न प्याड समाउन लगाएर ३ मिनेटमा १४३ लात्ती (किक) हानेर चकित पारि दिएका थिए। उनले यो अचम्मित प्रहार भारतको ओलम्पिक खेलाडी भन्दा लगभग दुई गुना प्रहार गरि विश्व रेकर्ड उपाधि हासिल गरेका हुन् ।
खेलाडी पटेलले २०१९ मा ५ किलो खुट्टाले बोकी ३ मिनेटमा ८३ किक हानेर विश्व कीर्तिमान कायम गरेका थिए । तर यो उपाधि अब अमेरिकाबाट २०२१ मा उज्ज्वल ठकुरीले उक्त किर्तिमान तोडेका हुन्।
नयाँ विश्व कीर्तिमान स्थापित गर्न उज्ज्वल ठकुरीले ३ बर्षसम्म खुट्टा र लात हान्ने व्यायाम शुरू गरेका थिए। अन्ततगत्वा उनले गरेको कडा परिश्रम, मेहनत, निरन्तरता र समर्पणको फल उनले प्राप्त गरेकाछन्।
परीक्षणको क्रममा पहिलो एक वा दुई महिना ठकुरीलाई कम्मरमा समस्या उत्पन्न होला जस्तो ठानेको बताए । तर उनले लगनशीलताका साथ आफ्नो अभ्यास प्रणालीलाई निरन्तरता दिए।
त्यति मात्र होइन, विश्व किर्तिमानी ठकुरीले उही भारतीय खेलाडी पटेलले सन् २०१७ मागरेको विश्व किर्तिमान माथि ३ मिनेटमा ४ फिट माथि १७५ घुँडा प्रहार बनाएको विश्व किर्तिमानसमेत तोडी स