top of page

बेलायती राजकुमार प्रिन्स ह्यारी किन श्रीमति मेघनको खातिर राजसी मानपदवी र खानदान त्याग गरे ?


-Pradeep Pariyar Thapa

Exclusive: एक समय ‘ब्रिटिश राजमा सूर्य कहिल्यै अस्ताउँदैन’ भनेर विश्वबिख्यात कहलिएको ग्रेट ब्रिटेन (बेलायत) मा अहिले राजकुमार प्रिन्स ह्यारीले आफ्नो अर्धांगिनी मेघनको प्रेम र आत्मरक्षाको खातिर राजसी मानपदवी र खानदान त्याग गरेपछि सूर्य ग्रहण लागेझैं भएको छ। रंगभेदी आरोप लागेको बेलायती राजसंस्थाको राजसी तामझाम र गर्विलो ईतिहासमा खिया लागेकै हो त? सविस्तार तलको समाचार विश्लेषणमा पढ्नुहोस्:


राजकुमार प्रिन्स ह्यारीको दिल


प्रिन्स ह्यारीलाई नेपालीहरूले कहाँ बिर्सेका छन् र ! उनले महाभूकम्पपछि सन् २०१६ को मार्चमा पाँचदिने नेपाल भ्रमणमा जाँदा नेपाली फेटा र ढाका टोपी लाएर दाल भात र खसीको मासु खाँदै गाउँले युवायिवतीहरूसंग रोधी नाँचेर नेपालीहरूको मन जितेका थिए। ब्रिटिस एयर फोर्स सेनाका कमान्डिंग अफिसर रहेर दुई पटक अफगानिस्तानमा सैन्य सेवामा खटिएका प्रिन्स ह्यारी युद्ध मैदानमा ब्रिटिश गोर्खाली सेनाहरूका सहयोध्दा बनेर साथै लडेका थिए जो अहिले आफ्नी श्रीमतिको अस्मिता र आत्मरक्षाको निम्ति पहाड झैं उभिएका छन्। वाह, राजकुमार हुनु त यस्तो !


मेघन मार्केलको गंभीर खुलासा


सन्दर्भ, अमेरिकी टेलीभिजन च्यानल सिबिएस (CBS) ले अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा बेलायती राजकुमार ३६ वर्षीय प्रिन्स ह्यारी र उनकी ३९ वर्षीय श्रीमति, अमेरिकी पूर्व नायिका एवं महिला अधिकारकर्मी मेघन मार्केलसंग चर्चित संचारकर्मी ओप्रा उम्फ्रेले लिएको विशेष अन्तर्वार्ता प्रशारणपछि बेलायती राजतन्त्र रंगभेदको चर्को विवादमा फँसेकोछ। उक्त अन्तर्वार्तामा मेघनले बिवाहपछि आफू गर्भवति हुँदा मानसिक चिन्ताकोलागि बेलायती दरवारमा काउन्सेलिंगको सहयोग माग्दा नपाएको र आफ्नो छोरो आर्ची नजन्मिदै छोरोको छालाको रंगबारे दरबारका सदस्यहरू विच चर्चा र चिन्ता जाहेर भएको उल्लेख गर्दै आफूले आत्महत्या गर्ने सोंचमा समेत पुग्न बाध्य भएको बताएपछि बेलायती राजसंस्थाको कुरूप रंगभेदी सोंच उदांगो भएकोछ।


उक्त अन्तर्वार्तामा मेगनले आफ्नो गर्भमै रहेको छोरोको छालाको रंग र राजसी सुरक्षा र मनपदवी नदिईने राजसंस्थाको निर्णयबारे भनेकिछिन्- "We have tandem conversation of he won’t be given security, he isn’t be given a title and, also, concerns and conversations about how dark his skin might be when he was born..."


स्मरण रहोस्, मेघन मार्केलकि आमा डोरिया रागल्याण्ड काला जातिकी हुन् भने उनका बाबा थोमस मार्केल गोरा जातिका अमेरिकी हुन्।


मेघन र प्रिन्स ह्यारीले सन् २०१८ मा युकेमा राजसी तामझामकासाथ बिवाह गरेका हुन्। उनीहरू बिचको प्रेम सम्बन्ध प्रिन्स ह्यारीको सन् २०१६ को मार्च महिनामा सम्पन्न पाँच दिने राजकीय नेपाल भ्रमणको तीन महिनापछि सोही सालको जुनमा खुलासा भएको हो।


मेघनले आफूलाई आत्महत्या गर्ने मनःस्थितिमा पुगेको बारे यस्तो भनेकिछिन्:


“I knew that if I didn't say it, that I would do it. I just didn't want to be alive anymore. And that was a very clear and real and frightening constant thought. I remember how he just cradled me. I said that I needed to go somewhere to get help. I said that 'I've never felt this way before, and I need to go somewhere'. And I was told that I couldn't, that it wouldn't be good for the institution.”


आफ्नी आमा डायना जस्तै कोमल र निर्भिक छोरो


विश्वकै सर्वप्रिय राजकुमारी लेडी डायना जो प्रिन्स ह्यारीकी आमा हुन्, जस्को सन् १९९७ मा कार दुर्घटनाबाट निधन हुँदा ह्यारी शिर्फ १३ वर्षका नावालख थिए। प्रिन्स ह्यारीका बाबा प्रिन्स चार्ल्स र आमा डायना बिच लामो समयको मनमुटावपछि सन् १९९६ मा डिभोर्स हुन पुगेको थियो। प्रिन्स ह्यारी जम्मा १२ वर्षका थिए। प्रिन्स ह्यारीले पुरा जीवनकालनै आमा-बाबा बिचको चीसो सम्बन्धका बिच जीवन बिताउन बाध्य भएका थिए। प्रिन्स चार्ल्सले डायनालाई बिहे गरे पनि क्यामिला पार्कर नामकी एक महिलालाई संधै माया गरी रहे र डायना शिर्फ हात्तीको देखाउने दाँत मात्र बनी रहिन्। तै पनि डायनाले दुई छोराहरू प्रिन्स विलियम र प्रिन्स ह्यारीको जन्म दिईन्। ह्यारी आमासंग निक्कै नजिक थिए। उनमा आफ्नी आमाको समाजसेवी र अन्याय नसहने बिद्रोही स्वभाव रहेको कुरा प्रिन्स ह्यारीले आफूलाई घाईते सेना, मनोरोग, बिपन्नता, वातावरणीय प्रभाव लगायतका बिभिन्न मुद्दाहरूमा लगातार समर्पित गरेबाट थाहा हुन्छ।


आर्मी भेटरान


उनी सन् २००५ देखि २०१५ बिच ब्रिटिश सेनाको वायु सेनामा फाईटर हेलिकप्टर पाईलट भएर कार्य सम्पन्न गरेका, दुई पटक अफ़ग़ानिस्तानमा खटिएका आर्मी भेटरान हुन्। तर दु:खको कुरा, सन् २०१५ देखि २०२० विच उनलाई प्रदान गरिएको अनरेरी सैन्य मानपदवीहरू बेलायती राजसंस्थाले फिर्ता लिएकोछ। जसले देश र जनताको निम्ति बलिदानी दिन युद्ध मैदानमा होमिए अहिले उनलाई दिईएको शाही भत्ता र सुरक्षा पनि बन्द गरिएकोछ।


हुँदा हुँदा एक समय प्रिन्स ह्यारीको बाबा प्रिन्स चार्ल्स आफूसंग बोल्न पनि छोडेको कुरा उनले ओप्रासंगको उक्त वार्तामा यसरी बताए:


"When we were in Canada, I had three conversations with my grandmother and two conversations with my father and -- before he stopped taking my calls -- and then said, 'Can you put this all in writing what your plan is?'"


उनले आफ्नो परिवारको निर्णय आफ्नो हातमा लिनु परेको कारण खुलासा गर्दै अगाडि भने:


"Because... by that point, I took matters into my own hands, ...It was like I need to do this for my family. This is not a surprise to anybody. It's really sad that it's gotten to this point, but I've got to do something for my own mental health, my wife's, and for Archie's, as well, because I could see where this was headed."


प्रिन्स ह्यारीले आफू राजसी जन्जालमा फँसेको थिएँ भन्दै आफ्नो बाबा र दाई पनि अझै सोही जन्जालमा फँसिरहेको यसरी बताए:


“I wouldn't have been able to, because I myself was trapped, as well. I didn't see a way out. You know, I was trapped, but I didn't know I was trapped.


My father and my brother they are all trapped, ...They don't get to leave. And I have huge compassion for that."


महारानी एलिज़ाबेथको वक्तव्य


प्रिन्स ह्यारी र मेघन मार्केलको अन्तर्वार्तापछि बेलायतकी महारानी ९४ वर्षीय एलिज़ाबेथले एक वक्तव्य जारी गर्दै रंगभेदबारे उठेको प्रश्नमा गंभीर रहेको र पारिवारिक समाधान खोज्ने भन्दै ह्यारी, मेघन र आर्ची संधै स्नेही पारिवारिक सदस्य रहने उल्लेख गरेकिछिन्:

"The whole family is saddened to learn the full extent of how challenging the last few years have been for Harry and Meghan.


The issues raised, particularly that of race, are concerning. While some recollections may vary, they are taken very seriously and will be addressed by the family privately.


Harry, Meghan and Archie will always be much loved family members."

रंगभेदको अन्त्य होला ?


बेलायती राजसंस्थाले देशको लागि संधै लड्न तम्तयार आर्मी भेटरान आफ्नै राजकुमारलाई सबै सरसुविधाबाट बन्चित गरेर र मानपदवी खोसेर व्यक्त गरेको ओंठे प्रेम र बोक्रे सहानुभूति हेर्दा बेलायती राजसंस्थाको औचित्यमाथिनै प्रश्न चिन्ह खडा भएको छ। काला र गोरा जातिको ठिमाहा सन्तान मेघनलाई बिहे गरेकै आधारमा प्रिन्स ह्यारी पाखा लगाईएका हुन् त? बेलायती राजसंस्था रंगभेदी हो कि समतावादी ? त्यसको लागि अरू केही समय कुर्नु पर्ने भएको छ।

0 comments

Comentários


bottom of page