top of page

न्यू योर्कमा संरासंका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईको नागरिक अभिनन्दन र विदाई

Updated: Jun 30, 2023


Updated: Exclusive: संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम राजदूत अमृतबहादुर राईको न्यू योर्क नेपाली समुदायद्वारा विदाई समारोहको आयोजना गरी नागरिक अभिनन्दन गरिएकोछ। महामहिम राजदूत राई आफ्नो ४ वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी यहीं जुलाई २ तारिख नेपाल फर्किदैछन्। सन् १९५६ मा नेपाल सरकारले पहिलो राजदूतकोरूपमा रिषिकेश शाहलाई पठाएको थियो भने महामहिम राजदूत राई तेह्रौं राजदूत हुन्। महामहिम राजदूत राईको कार्यकालमा नेपालले झण्डै एक दर्जन संरासंका विभिन्न समितिहरूमा निर्वाचित गरी नेतृत्व दिन सफल भएकोछ। पब्लिक एडमिनिस्ट्रेसन, पब्लिक म्यानेजमेन्ट र बिजिनेस एडमिनिस्ट्रेसनलगायत तीन विषयमा मास्टर्स डिग्री गरेका महामहिम राजदूत राईले शाखा अधिकृत पदबाट सन् १९९६ मा सेवा शुरू गरेका थिए भने हाल उनी नेपाल सरकारका सह-सचिव हुन्।


महामहिम राजदूत अमृतबहादुर राईको ४ वर्षे कार्यकालमा संयुक्त राष्ट्र संघमा प्राप्त गरेको नेतृत्वहरूमा अतिकम बिकसित देशहरूको समूहको अध्यक्ष, नेपालको पहिलो पटक संरासं महासभाको दोश्रो महत्वपूर्ण समिति-आर्थिक तथा वित्तिय समितिको अध्यक्ष २०२०-२०२१, ईन्टरनेसनल थिंक ट्यांक फर ल्याण्डलक कन्ट्रीको अध्यक्ष २०२१ र भूपरिवेष्ठित देशहरूको समूहको व्युरो सदस्य, युएन कमिसन अन नारकोटिक ड्रग्सको सदस्य २०१९, युएन ह्युमन राईट्स काउन्सिलको सदस्य २०२०, कमिसन अन दि ईलिमिनेसन अफ अल फर्म्स अफ डिस्क्रिमिन्सन अगेस्ट वुमन (CEDAW) सदस्य २०२०, युएन ईन्डिपेन्डेण्ट अडिट एडभाईजरी कमिटी सदस्य २०२२ र ईकोनोमिक एण्ड सोसल काउन्सिल सदस्य २०२३ रहेकाछन्। उनको कार्यकालमा नेपालले पहिलो पटक उम्मेदवारी दिएको कुनै पनि पदहरूमा पराजय बेहोर्नु नपरेको कुरा विषेश उल्लेखनीय छ।



न्यू योर्क नागरिक अभिनन्दन तथा विदाई समारोह


यसैविच, संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम राजदूत अमृतबहादुर राईको न्यू योर्क नेपाली समुदायद्वारा जुन २५ तारिख विदाई समारोहको आयोजना गरी नागरिक अभिनन्दन गरिएकोछ।


न्यू योर्कका नेपाली संस्थाहरू नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (FIPNA), नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मन्च अमेरिका, एनआरएनए न्यू योर्क च्याप्टर, नेपाली समाज अमेरिका, शेर्पा किदुग अमेरिका, मधेशी एशोसियसन अमेरिका (MAA), प्रवासी नेपाली एकता मन्च अमेरिका र प्रवासी नेपाली एकता समाज (पानस) अमेरिका न्यू योर्क च्याप्टरको संयुक्त आयोजनामा डाकिएको उक्त विदाई समारोहमा आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरी नेपाल फर्किनै लागेका महामहिम राजदूत राईलाई अभिनन्दन पत्र र खादाद्वारा सम्मान गरिएको हो।



उक्त अभिनन्दन पत्रमा भनिएकोछः


अभिनन्दन तथा सम्मान पत्र


महामहिम श्री अमृत बहादुर राई

संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधिको गरिमामय पदमा यहाँको ४ वर्षे कार्यकाल नेपाल राष्ट्रको लागि अत्यन्त फलदायी रहनुका साथै राष्ट्र संघको महत्वपूर्ण वित्तीय विभागको अध्यक्ष पदमा समेत निर्वाचितभै कुशल नेतृत्व प्रदान गर्न सफल हुनु भएको योगदानको उच्च सम्मान गर्दै यहाँको कार्यकालमा सयुंक्त राष्ट्र संघमा नेपालको कूटनैतिक सफलता र उचाईले कोशेढुड्गा स्थापित भएकोमा न्यू योर्क नेपाली समुदाय अमेरिकाको तर्फबाट विशेष धन्यवाद सहित यो कदरपत्र प्रदान गरिएको छ । साथै, यहाँको आगामी कूटनैतिक सेवा र व्यक्तिगत जीवनको यात्रा अझ सुखद र सफल रहोस् भन्ने हार्दिक कामना व्यक्त गर्दछौं।


१.राज कुमार बिष्ट

अध्यक्ष

नेपाल आदिवासी जनजाति महांसघ (FIPNA) अमेरिका


२.आनन्द बिष्ट

सभापति

नेपाली जनसम्पर्क समिति अमेरिका


३.कृष्ण प्रसाद लामिछाने

अध्यक्ष

प्रवासी नेपाली मन्च अमेरिका


४.आड० छिरिड० शेर्पा

अध्यक्ष

एनआरएनए न्यू योर्क च्याप्टर अमेरिका


५.समिर महर्जन

अध्यक्ष

नेपाली समाज अमेरिका


६. तेम्बा शेर्पा

अध्यक्ष

शेर्पा किदुग अमेरिका


७.सतेन्द्र साह

अध्यक्ष

मधेशी एशोसिएसन (MAA) अमेरिका


८.शंकर पन्थ

अध्यक्ष

प्रवासी नेपाली एकता मन्च अमेरिका


९.रुद्र राउत

अध्यक्ष

प्रवासी नेपाली एकता समाज (पानस) अमेरिका न्यू योर्क च्याप्टर



उक्त विदाई समारोहमा वक्ताहरूले महामहिम राजदूत राईले आफ्नो कार्यकालमा नेपालीको शीर उचों हुने गरी विश्व कूटनैतिक क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको भन्दै वधाई ज्ञापन गरेका थिए। नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (FIPNA) का अध्यक्ष राजकुमार बिष्टको सभापतित्व रहेको समारोहमा स्वागत मन्तव्य एनआरएनए न्यू योर्क च्याप्टरका सचिव बासु लामिछानेले व्यक्त गरेका थिए। वक्ताहरूमा नेपाली जनसम्पर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, प्रवासी नेपाली मन्च अमेरिका अध्यक्ष कृष्णप्रसाद लामिछाने, शेर्पा किदुग अमेरिका अध्यक्ष तेम्बा शेर्पा, प्रवासी नेपाली एकता मन्च अमेरिका वरिष्ठ उपाध्यक्ष यम लामा र न्यू जर्सी राज्यको एशियन अमेरिकन प्यासिफिक आईल्याण्डर (AAPI) कमिस्नर तथा एनआरएनए आईसिसी उपाध्यक्ष डा. विष्णुमाया परियार रहेका थिए।


उक्त विदाई समारोहमा महामहिम राजदूत राईले सम्वोधन गर्दै नेपालको राजनैतिक र कूटनैतिक ईतिहासको बेलीविस्तार लगाउँदै नेपालको अखण्डता, सार्वभौमिक स्वायत्तता र स्वतन्त्रताको पक्षमा आफू संधै रहेर राष्ट्रसेवा गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।


समारोहको सन्चालन नेपालिजम डट कमका सम्पादक प्रदीप परियार थापाले गरेका थिए।


Official introduction of H.E. Amrit Bahadur Rai


Posted date:

Monday, March 4, 2019


Qualifications:


Master’s Degree in Public Management (MPM), 2002-2003, Faculty of Economics and Social Sciences, University of Potsdam, Berlin, Germany

Master’s Degree in Public Administration (MPA) – First in First, 1997-1998, Public Administration Campus, Tribhuvan University, Kathmandu

Master’s Degree in Business Administration (MBA), 1992-1993, Nepal Commerce Campus, Tribhuvan University, Kathmandu


Work History:


-Permanent Representative of Nepal to the United Nations in New York from 04 March 2019

-Joint Secretary, Policy Planning Division, 03 Dec 2018 03 March 2019, Ministry of Foreign Affairs

-Ambassador of Nepal to South Africa with eighteen other concurrently accredited countries from 27 December 2014 -02 December 2018;

-Joint Secretary, South Asia Division, August 21, 2013, Ministry of foreign Affairs, Government of Nepal;

-Joint Secretary, Europe America Division, March 9, 2013 - August 20, 2013 , Ministry of Foreign Affairs, Government of Nepal

-Under Secretary, BIMSTEC and Multilateral Economic Diplomacy Division, October 2012 - March 9, 2013, Ministry of Foreign Affairs, Government of Nepal

-Minister Counsellor, with responsibility to cover First and Fourth Committee of the General Assembly, Security Council, NAM, Peacebuilding Commission, Peacekeeping, Asia-Pacific Group, Consular functions, Economic Diplomacy, Press relations and community activities; Nov 9, 2008 – October 03, 2012 Permanent Mission of Nepal to the United Nations, New York

-Under Secretary, UN and International Orgaization Division, Multilateral Economic Diplomacy Division, Foreign Minister's secretariat, Nov 25, 2005 – Nov 9, 2008, Ministry of Foreign Affairs, Government of Nepal

-Under Secretary, Planning Division, June 17, 2003 – Nov 24, 2005), Ministry of Culture, Tourism and Civil Aviation, Government of Nepal

-Under Secretary, 2002 – June 16, 2003, Ministry of General Administration, Government of Nepal

-Section Officer, Women Development Section, Child Development Section, Department of Women Development, 1996 – 2002, Ministry of Women, Children and Social Welfare, Government of Nepal


Date of Birth:

April 4, 1970

Marital Status:

Married and have three children

Email:

amrit.rai@mofa.gov.np


Message


Welcome to the official website of the Permanent Mission of Nepal to the United Nations in New York!

Nepal joined the United Nations on 14 December 1955. H.E. Rishikesh Shaha was appointed as the first Permanent Representative of Nepal to the United Nations in 1956. Since his term ended in 1960, eleven Permanent Representatives served in that capacity and I am the 13th Permanent Representative now.


Nepal has been regularly participating in the annual GA sessions since joining the UN. Nepali delegations to the UN General Assembly session have been led at the ministerial level, some at the level of head of government and occasionally by the Permanent Representative. Foreign Secretary, Mr. Bharat Raj Paudyal, led the Nepali delegation to the 77th session of the United Nations General Assembly held in 2022.


Nepal had the privilege of leading the Commission of Investigation into the Conditions and Circumstances resulting in the tragic death of the then Secretary-General Mr. Dag Hammarskjold who was killed in a plane crash in Lusaka in 1961. Mr. Rishikesh Shaha, Permanent Representative and leader of Nepalese delegation to the 16th GA session, was entrusted with this important responsibility.


Nepal has been active in the work of the United Nations ranging from the maintenance of international peace and security to development and human rights. Nepal played a leading role in the negotiations of the Istanbul Programme of Action in 2011 and contributed to the 2030 Agenda for Sustainable Development, among others. It also served as the Chair of the Second (Economic and Financial) Committee of the UN General Assembly during its 75 th Session and as the Rapporteur of the Committee for the 76 th Session. Nepal is currently the second largest troops and police-contributing country and the member of the Peacebuilding Commisssion. Nepal served twice in the United Nations Security Council as an elected non-permanent member, in 1969-70 and in 1988-1989. Currently, Nepal is serving as a member of the United Nations Human Rights Council (HRC) for the second term 2021-2023. Nepal's involvement is ever increasing.


In this website, you will find all major updates on the work of the Mission, particularly press releases issued by the Mission, statements delivered at various UN meetings and important updates on meetings as well as high-level visits from the capital.


Matters of public interest will also be shared simultaneously through the official twitter handle of the Mission (@NepalUNNY) (https://twitter.com/NepalUNNY).


Your suggestions to make it even more useful and userfriendly will be highly appreciated.


Sincerely,

Amrit B. Rai

Permanent Representative



0 comments
bottom of page