top of page

विवादास्पद गैरआवासीय नेपाली विधेयकबारे युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) ले परराष्ट्र मन्त्रीलाई बुझायो संशोधन प्रस्ताव

Updated: Exclusive: काठमाण्डौं। युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) को तर्फबाट सो संस्थाका सभापति सोनाम लामाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माननीय परराष्ट्र मन्त्री शिशिर खनाललाई विवादास्पद “गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक  २०८३” माथि संशोधन प्रस्ताव बुझाएको छ। सो भेटमा बुँदागत सुझाव सहितको पत्र बुझ्दै परराष्ट्रमन्त्री मन्त्री खनालले युनडिओसँग डायस्पोरा नेपालीका बिषयमा भविष्यमा पनि निरन्तर रुपमा नेपाल सरकारले समन्वय र सहकार्य तत्पर रहेको उल्लेख गर्दै सबै पक्षबाट सकारात्मक सहयोगको समेत अपेक्षा गरेको बताए।



त्यसैगरी, प्रतिनिधि मण्डलले परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेट गरी संस्थाले परराष्ट्रमन्त्री मन्त्री खनाललाई बुझाएको संशोधन प्रस्तावबारे ध्यानाकर्षण गरायो। परराष्ट्र सचिव राईले संस्थाले उठाएका चासो र प्रस्तावहरू सकारात्मक रहेको भन्दै डायस्पोरा नेपालीहरुका सम्बन्धित विषयमा सरकार सक्रिय रूपमा काम गरिरहेको बताए।



यसैबिच, युएनडिओ सभापति सोनाम लामाले नेपाल सरकारको नाममा बाहिर आएको विवादास्पद गैर आवासीय नेपाली विधेयक डायस्पोरा नेपालीका संबैधानिक अधिकारलाइ कटौती गर्ने पक्षमा देखिएकाले ति प्रावधानहरू हटाउन हरप्रयास गरीरहेको बताए।



सभापति लामाले सो मस्यौदा बिधेयकलाई नै गैर आवासीय नेपाली संघको नाम जोडेर दशौकौं पहिला नेपाल फर्केका केहि नेपालीहरु पनि लागि गरेका छन् भन्ने कुरा जानकारी बताउँदै ति व्यक्तिहरुले डायस्पोरा नेपालीलाई गैरआवासीय नेपाली नागरिकता नै दिनुहुन्न, कार्ड मात्र दिनुपर्छ, अन्य संस्था नेपालमा हुनुहुँदैन जस्ता गैर-संबैधानिक बिषयका प्रस्ताव र चिठी लिएर परराष्ट्र मन्त्रालयमा पुगेको दावी पनि गरे।



सभापति लामाले अगाडि भनेका छन्- “हामीले डायस्पोरा नेपालीका एजेन्डा सम्वन्धमा हाम्रो धारणा स्पष्ट रुपमा लिखित राखीसकेका छौं। हामीलाइ सरकारबाट स्पष्ट जवाफ पनि आएको छ। भनिएको जस्तो खराव बिधेयक आउँदैन भन्ने कुरामा हामी विश्वस्त छौं। यस विषयमा उहाँहरु पनि चिन्तित हुनुहुन्छ। अब आउने बिधेयक सम्पूर्ण डायस्पोरा नेपालीको पक्षमा आउँछ भन्ने हाम्रो विश्वाश छ। त्यसका लागि हामी चुप भने बसेका छैनौं। निरन्तर लवी गर्दैछौं।”


युनडिओ संस्था एनआरएनए जस्तै परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो। यसका प्रमुख संरक्षकमा एनआएनएका पूर्व अध्यक्ष शेष घले रहेका छन्।

 
 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page