top of page

अब देश बन्छ कि? प्रचण्डका दुई सारथी- अमेरिकाबाट फर्केका रवि र सुमना नयाँ गठबन्धन सरकारमा

Updated: Exclusive: अमेरिकाबाट एक दशकभन्दा पनि कम समय अघि मात्र मातृभूमि नेपाल फर्किएका दुई होनहार युवा नेताहरू रवि लामिछाने र सुमना श्रेष्ठ नेपालमा बनेको नयाँ गठबन्धन प्रचण्ड सरकारको क्रमशः उपप्रधान तथा गृहमन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेको खवरले एनआरएन भनेर चिनिने गैरआवासीय नेपालीहरूमा देश बनाउने ओहदामा पुग्न नेपाल फर्किनु पर्छ र त्यो सम्भव छ भन्ने सन्देश दिएको छ। अब देश बन्छ त?


डेढ दशक अमेरिकामा अमेरिकी मल्टिनेसनल फास्टफूड सब-वे रेस्टुरेण्टमा म्यानेजरियल लेबलमा काम गरेका रवि लामिछाने र विश्वप्रशिद्द अमेरिकी विश्वविद्यालय मासाचुसेट्स ईन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) बाट एमबिए गरेकी सुमना श्रेष्ठको काम गर्ने चुस्त शैली उनीहरूले अमेरिकाको कर्पोर्ट कल्चरबाट सिकेका हुन्। यि दुई अमेरिकाको बैभव, बिकास र कानूनी राज्य सिस्टम देखेर, भोगेर नेपाल फर्किएका युवा नेता हुन्। यिनले खुट्टा नकमाई हिम्मत र बुद्धिमानीपूर्वक अमेरिकामा सिकेको एक छेउ पनि लागू गर्न सके भने नेपाल र नेपाली जनताले महसुश हुने गरी, अवस्था बदल्ने गरी देशमा राहत, सुसासन र समृद्धिको शुरूवात भएको देख्न पाउनेछन्।

0 comments
bottom of page