
Exclusive: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोश्रो कार्यकाल थालेसंगै उनको घोषित नीतिअनुसार बैधानिक कागजपत्र नभएका आप्रवासीहरूलाई आआफ्नो देश फर्काईने कदम चालेपछि अमेरिकी आप्रवासी (ईमिग्रेन्ट) समुदायमा भय पैदा भएकोछ। जसको कारण बैधानिक कागजपत्र नभएका आप्रवासीहरू र अन्तर्राष्ट्रीय विद्यार्थी भिसा (F1) मा अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले कलेज बाहिर काम पाउन मुश्किल बन्दै गएपछि यि विद्यार्थीहरूलाई खान र बस्न समस्या देखिन थालेकोछ। न्यू योर्कमा सफल व्यावसायी नेपाली युवा लेलिन कँडेल, जो आफै अमेरिकामा एक समय विद्यार्थी रहेर संघर्ष गरेका थिए, लाई समस्यामा परेका नेपाली विद्यार्थीहरूले लोकप्रिय फेसबुक ग्रूप “न्यू योर्क नेपाली काम पोष्ट (https://www.facebook.com/share/g/1BR37cCk4U/?mibextid=wwXIfr ) मार्फत उनलाई धमाधम सम्पर्क गरेर सहायता माग गर्न थालेपछि उनले न्यू योर्क सहरको कुईन्स ज्याक्सन हाईट्स वरीपरीका नेपाली र अन्य व्यावसायीहरूलाई विशेष छुट (डिस्काउण्ट) मा ति विद्यार्थीहरूलाई सुविधा उपलब्ध गराउन अनुरोध र अभियान थालेको नेपालिजमलाई जानकारी गराए। सकृय सामाजिक अभियन्ताकारूपमा समेत चिनिएका कँडेलको यो स्तुत्य प्रयासमा होस्टेमाहैसे गर्दै न्यू योर्क सहरका दुई दर्जन नेपाली र अन्य व्यावसायीहरूले अमेरिकामा पढ्न आएका नेपाली विद्यार्थीहरूलाई १० देखि ३० प्रतिशत डिस्काउण्टमा विविध सुविधाको घोषणा गरेकाछन्। यसैबिच, नेपाली विद्यार्थीहरूले विशेष गरी रेस्टुरेन्टहरूले उपलब्ध गराएको छुट र निःशुल्क भोजन पूराकापुरा प्रयोग गरिसकेको कँडेलले नेपालिजमलाई बताए। यस प्रकारको सहयोगी प्रयास अन्य अमेरिकी राज्य र सहरहरूका नेपाली व्यावसायीहरूले पनि शुरू गर्नु पर्ने आवश्यता रहेको कुरामा उनले जोड दिए।
न्यू योर्कमा सफल व्यावसायी एवं सामाजिक अभियन्ता नेपाली युवा लेलिन कँडेल नेपालिजमको सन् २०२४ को लागि चुनिएका परिवर्तनका सम्वाहक (ChangeMakers) हरू मध्ये एक उदाहरणीय नेपाली युवा हुन्। नेपालिजमले परिवर्तनका सम्वाहकका लागि उनीबारे तयार पारेको परिचय पढ्नुहोस्ः
यसैबिच, नेपाली अमेरिकी आप्रवासी समुदायमा सृजित भय र अन्यौलतालाई सम्वोधन गर्न न्यू योर्क सहरको छिमेकी सहर जर्सी सिटी, न्यू जर्सीमा निःशुल्क कानूनी उपचार सेवा समिनारको आयोजना यहीं फेब्रूवुरी ९ तारिख अपरान्ह डाकिएकोछ। आयोजकहरूले न्यू योर्क वरीपरीका सरोकारवालाहरूलाई निमन्त्रणा गरेकोछ।

Comments