मानवता हराएको देशको पीडा: पवित्र भेरीमा बगेको नवराजहरुको रगतले सराप्ने छ

by Sanjiv Karki in Kathmandu

प्रिय नवराज, तिम्रो सहादत प्रेमको मूल्य र मानवीय मान्यता स्थापित गर्न भएको हो । तिमी यो यूगकोमहान प्रेमी हौ l आदर्श प्रेमको उदाहरण हौ l तिमी अब यो संसारमा छैनौं तर तिम्रो रगतले भेरी संधैरक्तिम रहनेछ l मानवता विरुद्दको अपराधको साक्षी भेरीले जहिल्यै सुसाएर बोल्नेछ l पवित्र भेरीमामानवताको वलि दिने नरभक्षीलाई भेरी र नेपाल आमाले कहिल्यै माफ गर्ने छैनन् l तिम्रो हत्याकोकारण र कलंक मेरो निधारमा पनि छिटाको रूपमा आएको छ । म आधुनिक सभ्य समाज रसमानताका हिमायती भनेर नथाक्ने कम्युनिस्ट साशित राज्यमा छु भन्दा लज्जाबोध गर्दछु । मेरोसमुदाय र वर्गको ज्यादतीको हिस्सेदार म पनि हूँ।


Author Sanjiv Karki


प्रिय नवराज,

कुन शव्द र भावले श्रद्दान्जली अर्पण गरौं? स्तब्ध छु l नि:शब्द छु l लज्जित छु l तिम्रो मृत्युको कारणमेरो बर्ग र समुदाय हो भनेर बुझ्दा बुझ्दै पनि म निसंकोच तिमीलाई चिठी लेखिरहेछु l श्रद्दान्जलीदिंदैछु l प्रिय नवीन भाइ, सबभन्दा पहिले मेरो निधारमा टाँसिएको स्टिकर मान्छे मात्रै हो, केवल ममान्छे हूँ अनि त्यसपछि मात्र मेरो परिचय अरु हो तसर्थ तिम्रो रगत र मेरो रगत त्यहीं हो जुन पृथ्वीकाअरवौं मान्छेमा रातो भएर बग्छ l तिमीले स्वास लिएको र मैले स्वाश लिएको धर्ती पनि एउटै हो l यहीको पानीले हामीले प्यास मेटेका छौं। त्यसैले म भिन्न समुदाय र बर्गको कसरी भएँ? विभेदपूर्णबर्ग, समुदाय, धर्म पछि कोरिएको कृतिम बार र धर्सो हो जुन आजको आधुनिक दुनियाँमा किमार्थस्वीकार्य छैन l सभ्य समाज र संस्कृतिको लागि जातीय भेद बाधक छ जसको कारण तिमी मारियौ।मान्छे मार्ने रित र कुसंस्कारको सती म मान्छेको हुनुको अर्थमा जान सक्दिन l तिमी अब यो संसारमाछैनौं तर तिम्रो रगतले भेरी संधै रक्तिम रहनेछ l मानवता विरुद्दको अपराधको साक्षी भेरीले जहिल्यैसुसाएर बोल्नेछ l पवित्र भेरीमा मानवताको वलि दिने नरभक्षीलाई भेरी र नेपाल आमाले कहिल्यैमाफ गर्ने छैनन् l यो बर्बरता इतिहासदेखि वर्तमानसम्म कायम छ। अब यसको अन्त्यको लागि तिमीजस्ता युवा कुनै पनि अछुत भनिनेको जीवन अनाहकमा जानु हुँदैन भनेर म जस्ता धेरै मान्छे बोल्छौं, लागि पर्छौं, सरकारको कान फुट्ने गरि चिच्याउछौं l तर मलाई माफ गरिदेउ प्रिय भाइ, मैले तिमीलाईबचाउन सकिन ।


मानवतावादभन्दा ठूलो दर्शन, धर्म र विज्ञान अर्को छैन l अरु सिद्दान्त, दर्शन र नीति केवल मानवीयधर्मका पुरक र परिपुरक हुन्। मान्छेको सबैभन्दा ठूलो दर्शन मानवतावाद हो l अनि जात केवल मान्छेहो l मान्छेको दुई जात हुन्छ- स्त्रिलिंग र पुलिंग । अरु जात केवल पहिचानका लागि हुन्, विभेद रअसमानताको लागि किमार्थ होइन । दुर्भाग्य, हामी मानवतावादभन्दा पनि ठूलो अमानवीयजातीवादको पर्खाल जहाँ छुवाछुत र विभेद छ, अन्याय र दलन छ, त्यहीं अभ्यासमा आज पनि छौं l फलस्वरूप जातीय भेद, हिँसा हत्या र निक्रिस्ट पाखण्डलाई जीवन शैलीमा उतारेर आफू जस्तै अर्कोमानव समुदायप्रति अत्याचारको घन चलाएर हिर्काइ रहेछौंl देशको ऐन, कानुन र नियममा समानता रस्वतन्त्रता लेखिएको छ तर हाम्रो ब्यावहारिक कानुन र समाजशास्त्रमा विभेदको रेखा र असमान धाराउपधारा प्रयोग भै राखेको छ l जातीय विभेद जस्तै अरु धेरै अमानवीय रंगहरुमा समाज असभ्य रअशिस्ट छ l हाम्रो समाज जातिभेद, रङ्गभेद, बोक्सी, छाउ जस्ता अन्धविश्वास र कुरीतिले समाजमाबर्बर अमानवीयताको अग्लो पर्खाल लगाएको छ l मानवीयपनभन्दा धेरै अजंगको पर्खाल र बारनिर्माण भएर आज पर्यन्त ब्याप्त छ l अब त्यो पर्खाल संधै संधैको लागि भत्काउने म प्रण गर्छु। मसंगैप्रण गर्ने हजारौं मानव आत्माहरू छन्। तिमी ढुक्क होऊ, तिमीलाई न्याय दिलाई छाड्नेछौं।


प्रिय नवीन,

यो बर्बर, असभ्य, निर्मम कुरीतिको संरक्षक नेपालको सरकार हो l सरकारहरुको निकम्मापन, अंहकारवादी जातीय दम्भ र कानुन परिपालन गराउन देखाएको उदाशिनता नै आज गम्भीर अमानवीयअपराध र ज्यादती जिउँदै रहनुको प्रमाण र कारण हो l समाजमा घटने हर जातीय छुवाछुत, बोक्सी, छाउ, जस्ता घटनाको प्रमुख संरक्षणकर्ता नि:सन्देह सरकार हो भने अरु प्रत्यक्ष संलग्नहुनेहरु निमित्तकारक र कारण हुन्। यसर्थ, यसको मुख्य दोषभागी सरकार हो र अन्य भागीदार देशमा क्रियाशीलराजनीतिक पार्टी र तिनका नेता कार्यकर्ता हुन्l समाजको एक सचेत नागरिक भएको कारण म पनिमेरो जात र बर्ग समुदायबाट घटित घटना, जातीय भेद, हिंसा, हत्या, अपमान र हुलहुज्जतकोहिस्सेदार र भागीदार छु। यसैगरी, आम नागरिक जो उत्पीडनमा प्रत्यक्ष संलग्न नभए पनि पिडकबर्गको नाताले उसको पनि दोष कहीं न कहीं रहेको हुन्छ भने सरकार अछुतो हुने त कुरै छैन।सरकारसंग म प्रश्न गर्छु- तिम्रो गणतन्त्रमा पवित्र प्रेम किन बर्जित छ ? प्रेम गर्दा ज्यान नै जानुपर्ने किन?

जातीय कारण देखाएर हत्या हुनुको प्रमुख कारणहरुको कारण सरकारको लाचारी र निरिहता हो ।कानूनीराजको प्रत्याभूति गर्न नसक्नु सरकारको निकम्मापन हो। जात ब्यवस्था आज पर्यन्त कायमराख्न सरकारहरुको असलियत देखिन्छ । हामीले बुझ्नु पर्ने जड कुरो के हो भने जातीय मनोविज्ञानलेग्रस्त हत्याराहरु निमित्त कारकमात्रै हुन्, मूल कारक र प्रेरक सरकार हो । उक्त हत्या राज्य संरक्षितहत्या हो भन्दा अतिसयोक्ति हुनेछैन। हत्याको क्षणिक कारण र परिणाम जे पनि हुन सक्छ तरयसको कारण समाजमा ब्याप्त कुरिति, कुसंस्कार र कुप्रथा हो, गलत मनोवृत्ति हो जसलाई जिवन्तराख्न नेपालका सरकार र पार्टीहरुको मौनता र लाचारीपनाको हात छ । निरंकुश भनिएका राजामहेन्द्रको गिदीले समेत अस्विकार गरेर २०२० सालमा नै जातीय भेद अन्त्यको कानुन लेखेका थिए ।आजसम्म उक्त कानुन कार्यन्वयनमा यो देशका एक पछि अर्को बनेका सरकारहरुको उदासिनताकोपरिणाम स्वरूप दिनदहाडै अजित मिजार र नवराज विकहरु मारिईरहन्छन् । अरु पनि थुप्रै मारिनेलाइनमा छन् / हुन्छन् । बेहुली लिन जाँदा नवराज र टिकरामहरू मारिएको घटनाले कलंकको टीकासरकारको निधारमा लागेको छ l जातीय भेदको भाइरस यति डरलाग्दो र घीनलाग्दो छ जसले प्रेमकोबदला मृत्यु उपहार दिन्छ l तिमीले मृत्यू पायौ तर तिम्रो मृत्यूको कारण कहिल्यै क्षम्य हुन सक्दैन ।


प्रिय नवराज,

तिमी जस्तै जातीय पर्खाल भत्काएर चोखो प्रीति लाउँदा यो दशक भित्र मात्रै अजित मिजार, शिवशंकर दास, अस्मिता तोलांगी, संगिता परियार लगायत १ दर्जनभन्दा बढी मान्छे पुरातनवादीराज्यको पृष्ठपोषकहरूद्वारा मारिए । लक्ष्मी परियारहरु, मनिता आले, अम्बा बोहोराहरु जात रबोक्सीको आरोपमा मारिए, मारिदैछन्। कति छाउको कारण मारिएका छन् l अजित मिजारको शवअहिले पनि न्यायको पर्खाईमा त्रिविवि शिक्षण अस्पतालको चिसो बाकसमा सुतेको छ । केअजितले मरे पछि पनि न्याय नपाउने स्थितिको जिम्मेवार सरकार होइन ? लाज सरकार र देश हाँक्नेनेताहरूलाई लाग्नु पर्दैन ? तिम्रो आत्माले सरकारलाई पोल्नु पर्छ नवीन, तिम्रो भूतले सरकारहरुलाईतर्साउनु पर्छ, सरकारको निन्द्रा हराम पारिदिनु पर्छ ताकि अब यस्ता घटना कहिल्यै नघटून् l

प्रिय नवराज,

तिम्रो हत्याको कारण र कलंक मेरो निधारमा पनि छिटाको रूपमा आएको छ । म आधुनिक सभ्यसमाज र समानताका हिमायती भनेर नथाक्ने कम्युनिस्ट साशित राज्यमा छु भन्दा लज्जाबोध गर्दछु ।मेरो समुदाय र वर्गको ज्यादतीको हिस्सेदार म पनि हूँ। म भुइँ मान्छे के नै गर्न सक्छु र ? मेरो देशकापार्टीहरु र सत्ताले जातीय पर्खाल भत्काउन सकेनन् बरु अप्रत्यक्ष मलजल गरेर नै राखे । अत: तिनकोमुहारमा पनि जात ब्यवस्था कायम राखेको पापको कालोमोसो पोतिएको छ l यी संवेदनहीनतागुमाएकाहरु मुहार बिहिन मुहार लिएर मुर्कट्टा हिंडीरहेछन् l


प्रिय नवराज,

तिम्रो सहादत प्रेमको मूल्य र मानवीय मान्यता स्थापित गर्न भएको हो । तिमी यो यूगको महान प्रेमीहौ l आदर्श प्रेमको उदाहरण हौ l


प्रिय नवराज,

तिम्रो मृत्यू यस्तो ठाउँ र यस्ता मान्छेहरुको राजनीति भएको ठाउँमा भयो त्यहाँ आजपनि यस्तो विकृत मनोविज्ञान छ भन्दा देश त के विश्व पनि लजाउँछ र अचम्म मान्छ l कारण- तिमीलेप्रेमका खातिर मृत्यूवरण गरेको रुकुम जिल्ला माओवादी जनयुद्दको केन्द्र भाग जहाँ जनार्दन शर्माजस्ता माओवादी हस्ती छन् l शक्ति बस्नेत जस्ता बहालवाला मन्त्रीलाई संघीय संसद निर्वाचित गर्नेक्षेत्र l जातीय भेद खत्तम गर्ने नारा लागेर जनता लामवद्द भएको स्थान l जहाँ अन्धविश्वास र कुरीतिचिहानमा खोज्दा पनि नभेटिनु पर्ने राजनीतिको उर्वर भूमि l आज त्यहाँ अन्तरजातीय प्रेमलाईबिवाहमा परिणत गर्ने तयारी गर्दा मान्छे मारिनु पर्ने ? जुन जिल्ला छुवाछुत मुक्त जिल्ला घोषणागरिएको जनयुद्दको उदगम स्थल मध्ये एक हो l जहाँ पूर्व खेलकुद मन्त्री दलजित सेर्पाली, रास्ट्रियदलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपाली, उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकाससमितिका कार्यकारी निर्देशक चन्द्र विश्वकर्मा र वादी विकास बोर्डका पूर्व उपाध्यक्षले आफ्नो सगर्वकर्म भूमि बनाएकाछन् l त्यतिमात्रै कहाँ हो र ? प्रदेश सभामा आर टि सेरपालीको जीतदेखि धेरैस्थानीय निकायमा प्रमुख र उपप्रमुख देखि वार्ड अध्यक्षसम्म दलित प्रतिनिधिको वर्चस्व छ l त्यहाँबाटनिर्वाचित हुनुको नाताले स्थानीय सरकारको नेतृत्व गर्नुको अर्थमा यि अगुवाहरुको भूमिका रजिम्मेवारी पनि जातको कारण मान्छे मर्नुमा हुन्छ कि हुन्न ? कृपया दलित प्रतिनिधि र अभियन्ताहरुयो तीतो जात व्यबस्थाको सत्य तपाईहरुको सामु पनि राख्न चाहन्छु l शुरुवात आफैबाट पनि होभन्ने तथ्य नभुल्नु होला l डाक्टर कमला हेम्चुरीले जात व्यवस्थाबारे दिएको यो सानो उदाहरण स्मरणगराउनु सान्दर्भिक लाग्यो: ‘एउटा कामीले दमाईको छोरी बिहे गरेर भित्र्याउन सक्दैन भने अरुलाईसम्विधान मानेनन् भन्ने अधिकार होला र ? जात व्यवस्था भनेको यही हो l’ त्यस्तै, अर्को ठाउँमाहेमचुरी लेख्नु हुन्छ: ‘बाहुन क्षेत्रीले विभेद गर्नु उनीहरुको धर्म हो जनजातिले जातीय विभेद गर्नुब्राम्हणवादको गुलामी हो।’ यसको मतलव र अर्थ हो- जो कसैले पनि जातीय भेद गर्नु बेठिक छ चाहेती दलित भनेर दलितले दलितलाई गरोस या बाहुन क्षेत्री र अरु जनजातिले आफूभन्दा तलको भनेरअरुलाई गरेको विभेद होस् त्यो निन्दनीय अपराध हो, पाप हो l मान्छे भएर मान्छे मान्छे बिचमाजातको लक्ष्मण रेखा कोर्नु, कानुनको उलंघन हो, मानवीय सभ्यताको उपहास र परिहास हो जुन छूटकसैले कसैलाई दिएको छैन कानुनले l अत: कानुन सबैको लागि बराबर हो l चाहे त्यो क्षत्री-ब्राम्हणहोस्, या जनजाति या होस दलित ।


देश गणतान्त्रिक ब्यवस्थामा गएपछि विभेदका कुरुपता हेरेर भन्न सक्छु- हामी अझै बर्बर जंगलीयुगमा छौं l बिभिन्न समयका घटना हेरौं:

  1. नवराज विक र टीकाराम नेपाली (जाजरकोट,रुकुम, २०७७, अन्तरजातीय प्रेम, हत्या)

  2. टीकाराम नेपाली (जाजरकोट,रुकुम, २०७७, अन्तरजातीय प्रेममा सहयोग, हत्या)

  3. अंगिरा पासी (रुपन्देही, बलात्कार र हत्या)

  4. माया विक (कैलाली,२०७५, बलात्कार पछि हत्या)

  5. रेश्मा रसाइली (धनुषा, २०७५, बलात्कार पछि हत्या)

  6. रूपमती कुमारी दास (२०७५, मोरंग, बलात्कार हत्या)

  7. मना सार्की (कालिकोट, २०७५, अछुत भन्दै कुटपिट र हत्या)

  8. श्रेया सुनार (कास्की, २०७५, बलात्कार पछि हत्या)

  9. अजित मिजार (काभ्रे, २०७३, अन्तर्जातीय बिबाह पछि हत्या)

  10. लक्ष्मी परियार (काभ्रे, २०७३, बोक्सीको आरोपमा कुटपिट र हत्या)

  11. अस्मिता सार्की (झापा, २०७३, अन्तरजातीय प्रेम असफल, हत्या)

  12. राजेश नेपाली (पर्वत, छुवाछुत, मानवीयभन्दा अग्लो जातीय पर्खाल, हत्या)

  13. संगीता परियार (तनहुँ, २०७०, अन्तरजातीय प्रेम र हत्या)

  14. झुमा विक (ताप्लेजुंग, २०७०, हत्या)

  15. सेते दमाई (दैलेख, २०६८, अन्तरजातीय विवाह)

  16. शिवशंकर दास (सप्तरी, २०६८ , अन्तरजातीय विवाह)

  17. मनविरे सुनार (कालिकोट, २०६८,चुलो छोएको)


प्रिय नवीन भाइ,

म यो समाजका शासक र तिनका प्रतिनिधिलाई सोध्न चाहन्छु: छुवाछुत हत्या कहिलेसम्म कायम गर्ने? कहिले च्यात्त्ने यो समाजको जात व्यावस्थाको थाङ्ने कानुन ? कहिले पुर्ने असमानता र विभेदकोखाल्डो ? कहिले निर्माण गर्ने समता र मर्यादाको मानक मानवतावादी संस्कार र संस्कृति ? सत्यबोधर यथार्थबोध कहिले गर्छ समाजले ? कहिले बन्छ हाम्रो जनैको धागो सद्भाव र एकताको डोरी ? विष्णुविश्वकर्माको घन र बैकुण्ठ बाजेको गीताको सामाजिक मुल्य कहिले समान बन्छ ? भानुभक्तकोकलम र भक्तिवीर दर्जीको सियोको अर्थ र मर्म अनि महत्व कहिले समाजमा बराबरीमा लेनदेनगरिन्छ ? समाजमा जातीय भेद निर्मुल गर्न अब कुन ब्यबस्था र संयन्त्रको खाँचो छ ? समान नियमकानुन, नैतिकता, अनुशासन कर्तव्य र ब्यावहार लागु गर्न सरकारको हात कसले बाँधी दिएको छ ? एसरकार, रैतीलाई जवाफ देऊ, रैतिलई न्याय देऊ, अन्याय गर्नेलाई पाता फर्काउ l समाजमा हुने यस्ताजघन्य अपराधको मतियार बन्न छोड सरकार ! असभ्य, बर्बर, आततायी युगको अन्त्य गरेर समाजमानयाँ समता मर्यादा र न्यायको यूगको शुरुवात गर्न जति ढिलो गर्यो उती हाम्रो अनुहारमा कालो पोतिनेर समाज हिंस्रक बन्ने खतरा बढेको बढेकै रहन्छ l समुदाय समुदाय बीच घृणा, प्रतिसोध र बदलाफैलन नदिन सरकारी तदारुकता र क्रियाशीलता जरुरी छ l अन्यथा समाज अर्को चर्को समुदाय जातर धर्मको द्वन्दको चक्रब्युहमा जाकिने निश्चित छ l


प्रिय नवराज,

तिमी अल्लारे युवा थियौ, तिमीसँग जवानीको वेग थियो होला, उल्लास थियो अनगिन्ति सपनाहरुथिए होलान्, केही उत्ताउलो पनि बन्यौ होला तर तिम्रो अपराध तिम्रो ज्यान हरण गर्नु किमार्थ थिएन l जसरी तिमी र तिम्रा साथीहरु न्रिसंश तवरले मारियौ, त्यो देख्दा लाग्छ मान्छे भन्ने जन्तुमा माया, दयासकिएछ, ऊ कुनै नरभक्षी जंगली जनावर हो l त्यहीं जंगली जनवारलाई मान्छे बनाउने अभियान अबशुरु हुनेछ l यो यूगमा तिम्रो मृत्यू नै अन्तिम बन्नेछ जातीय भेदको l तिम्रो बलिदानी तिमी जस्ताहोनहार यूवा अकालमा मारिनु पर्दैन भनेर बुझ्ने दिन आउनेछ l तिमी गयौ, तिम्रा साथीहरु पनि गए तरतिमीहरुसँगै यो बर्बरता र क्रुरता संधैको लागि मेटिनुपर्छ, हराउनु पर्छ l मानवतावाद स्थापित हुनुपर्छ l प्रिय भाइ, तिम्रो भौतिक उपस्थितमा पूर्ण विराम लागे पनि मान्छेहरुको मन मनमा आत्मिक र प्रेरकउपस्थिति जीवन्त रहनेछ l यो नर्करुपी पृथ्वीलोकमा हिंस्रकहरुले बाँच्न दिएनन्, छोटो आयू लिएरआएका रहेछौ, स्वर्गमा लामो आयू लिएर बस है l प्रिय भाइ, मैले यो लेख्दा तिम्रो लास जल्ने अन्तिमसंस्कार समेत भएको छैन तर म तिम्रो अन्त्यस्टिमा आउन सक्दिन, सकिन यहीँबाट अश्रुपूर्णश्रद्दान्जली भन्दै अल बिदा भन्न चाहेंl मानवता मरेकोमा दु:खी छु भाइ l अल बिदा l


-संजिव कार्की, काठमाण्डू


नोट: लेखक संजिव कार्की विगत ८ वर्षदेखि जातीय विभेद बिरूद्ध कलम चलाउँदै आएका प्रखर लेखक हुन्।

0 comments