top of page

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने भ्रष्टाचारीहरूको जालो

Updated: May 20

-प्रदीप परियार थापा

Updated: Exclusive: सयौं सक्कली नेपालीलाई अनागरिक बनाई नक्कली भुटानी शरणार्थी बनाएर मानवतस्कर गर्ने राष्ट्रद्रोही भ्रष्टाचारीहरूको जालोमा नेपाल सरकार र नेपाली प्रमुख राजनीतिक दलहरूका नैतिकहीन उच्च पदस्त नेता, तिनका निर्लज्ज नातेदार, सरकारी भ्रष्ट कर्मचारी र मानव तस्कर बिचौलिया दलालहरूको संलग्नताले मातृभूमि नेपाल र निर्दोष नेपाली जनताको शीर निहुरिएकोछ।नेपाली मुलका भुटानी शरणार्थी बनाएर तेश्रो मुलुक अमेरिकालगायतका देशमा पठाईदिन्छौं भनी ८७५ जना नेपालीहरूबाट रू. १० लाखदेखि ५०-६० लाख रूपैंया असुलउपर गरी घुस खानेहरूमा मानव तस्कर दलालहरू मात्र हैन नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री, बहालवाला सचिव र पूर्व सुरक्षा सल्लाहकार समेतको मिलिभगत देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपाल एकिकरण अभियन्ता राजा पृथ्वीनारायण शाहले सवा दुई सय वर्ष अघी उद्घोष गरेको ‘घुस दिन्या र लिन्या दुबै देशका शत्रु हुन्' भन्ने दिव्यवाणीको झन उल्टै हुर्मत लिने गरी अहिलेका भ्रष्ट नेता, तिनका आफन्तजन, परिवार र कार्यकर्ताहरूले गर्दै आएको करोडौं र अरबौं रूपैंयाको भ्रष्टाचारहरूको एकपछि अर्को पर्दाफास हुँदै गएको परिदृश्य हेर्दा नयाँ नेपाल र नेपाली जनताले थोरै भए पनि राहत पाउने र मुलुक सुशासनको बाटोतिर लम्किने आशा भने गर्न सकिन्छ। को को हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरू?


नेपाल प्रहरीका अनुसार यो गिरोहका प्रमुख नाइके केशव दुलाल र सानु भण्डारी हुन्। यि दुईले नै अन्य एजेन्टहरू नियुक्त गरी ८७५ जना नेपालीहरूबाट रू. १० लाखदेखि ५०-६० लाख रूपैंया असुल गरेकाथिए। औंसतमा रू. २५ लाख असुलेको मान्दा पनि सवा दुई अर्ब रूपैंया ति नेपालीहरूबाट रकम उठाई ठगी गरेको हिसाब निस्किन्छ । यो अरबौं रकम मध्येबाट यिनीहरूले शक्तिशाली नेता, ति नेताहरूका परिवारका सदस्यहरू र नेपाल सरकारका कर्मचारीहरूलाई मोटो रकम घुस खुवाएर आफ्नो हातमा लिई सक्कली नेपालीलाई अनागरिक र नक्कली भुटानी शरणार्थी बनाउने मानव तस्करको जालो बुनेका थिए।


र, यसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा घुस खाएको उजुरी र प्रमाणका आधारमा प्रहरी हिरासतमा लिईएकाहरूको सूची यस्तो छः