अमेरिकी आदिवासी दिवस (अक्टोवर ११) किन कोलम्वस दिवसको सट्टा मनाईदैछ?
Updated: Oct 11, 2021

-Pradeep Pariyar Thapa
Updated: Exclusive: ईटालियन एक्सप्लोरर क्रिष्टोफर कोलम्वसले सन् १४९२ को अगष्ट १२ मा पहिलो पटक ओर्लिएर नयाँ संसार (New World) को रूपमा फेला पारेको भनिएको अहिलेको दक्षिण र उत्तर अमेरिकामा त्यस अघिनै दशौं हजार वर्षदेखि यहाँ नेटिभ अमेरिकन (अमेरिकी आदिवासी) हरू बसोवास गर्दथे। त्यसैले कोलम्वसले नयाँ विश्व पत्ता लगाएका हैनन् बरू उनी र उनी पछि आएका युरोपियनहरूले यहाँका रैथाने आदिवासीहरूको जनजीवन र सँस्कृतिमाथि नरसंहार र विध्वंस ल्याएका हुन् भन्ने ईतिहासको कालखण्डलाई स्वीकार गर्दै केही वर्ष यता कोलम्वस दिवसको सट्टा अक्टोवर ११ लाई आदिवासी दिवसको रूपमा मनाउन शुरू गरिएको हो। अमेरिकी वर्तमान राष्ट्रपति जोय वाईडेनले संघीय सरकारको तर्फबाट पहिलो पटक आदिवासी दिवसको अवसरमा प्रोक्लेमेसन नै जारी गरी आदिवासी दिवसलाई मान्यता दिएकाछन् भने युएसएटुडे (USAToday) पत्रिकाको एक रिपोर्टअनुसार १३० वटा अमेरिकी राज्य, नगरपालिका र स्थानीय सरकारहरूले कोलम्वस दिवस नमनाउने र त्यसको साटो आदिवासी दिवस मनाउने निर्णय गरेको उल्लेख गरेकोछ। यसो गरिनु किन महत्वपूर्ण छ? सविस्तार पुरा समाचार पढ्नुहोस्ः
अमेरिकी राष्ट्रपति जोय वाईडेनले आदिवासी दिवसको अवसरमा शुक्रवार जारी प्रोक्लेमेसनमा भनेकाछन्ः “For generations, Federal policies systematically sought to assimilate and displace Native people and eradicate Native cultures. Today, we recognize Indigenous peoples’ resilience and strength as well as the immeasurable positive impact that they have made on every aspect of American society.” (Read>>)
राष्ट्रपति वाईडेनले कोलम्वस दिवसको अवसरमा जारी प्रोक्लेमेसनमा अमेरिकी आदिवासीहरूले भोगेको जातीय हिंशा र साँस्कृतिक विध्वंसबारे भनेकाछन्ः
“Today, we also acknowledge the painful history of wrongs and atrocities that many European explorers inflicted on Tribal Nations and Indigenous communities. It is a measure of our greatness as a Nation that we do not seek to bury these shameful episodes of our past — that we face them honestly, we bring them to the light, and we do all we can to address them. For Native Americans, western exploration ushered in a wave of devastation: violence perpetrated against Native communities, displacement and theft of Tribal homelands, the introduction and spread of disease, and more. On this day, we recognize this painful past and recommit ourselves to investing in Native communities, upholding our solemn and sacred commitments to Tribal sovereignty, and pursuing a brighter future centered on dignity, respect, justice, and opportunity for all people.” (Read>>)
युएसएटुडे (USAToday) पत्रिकाको एक रिपोर्टअनुसार १३० वटा अमेरिकी राज्य, नगरपालिका र स्थानीय सरकारहरूले कोलम्वस दिवस नमनाउने र त्यसको साटो आदिवासी दिवस मनाउने निर्णय गरेको उल्लेख गरेकोछ। (Read