top of page

सय पर्यटकीय गन्तव्य (नेपाल) यात्रा-२: प्रेमको चिनो ‘रानी महल’ (पाल्पा) को भ्रमण गर्ने हैन?

-प्रदीप परियार थापा



Exclusive: नेपाल सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू मध्येको पाल्पा जिल्लामा पर्ने मनमोहक रानी महल दरवारको भ्रमण प्रेमिल जोडीहरूले एक पटक गर्नै पर्ने पर्यटकीय स्थल हो। रानी महल नेपालको ताज महलको रूपमा बहुचर्चित राष्ट्रीय सम्पदा हो। प्रेमको प्रतिक मानिने रानी महलले लामो समयसम्म आफ्नो महत्ता गुमाएको भए पनि केही वर्ष यता यो ऐतिहासिक सम्पदाले पुनर्जीवन र बहुचर्चा पाएकोछ। तान्सेन बजारदेखि १३ कि.मी. उत्तरतिर काली गण्डकी नदीको तिरमा दरवार अवस्थित रहेकोछ। दरवारको जिर्णोद्दार सन् २०१०/११ मा गरिएकोहो।



तत्कालिन राणा सरकारका प्रधानमन्त्री श्री ३ बिर शम्सेर जबराका भाई, कमान्डर ईन चिफबाट पदच्युत गरिएका खड्ग शम्सेरले आफ्नी परम् प्रिय रानी तेज कुमारीको स्मृतिमा पाँच वर्ष लगाएर सन् १८९७ मा निर्माण सम्पन्न गरेका थिए। यो तीन तल्ले दरवारमा २४ कोठाहरू, दरवार परिसरमा दुईवटा पोखरी, पशुपतिनाथको बाहन सहितको मन्दिर, सुन्दर बगैंचा, पाटी, घोंडा तबेला रभक्तिनीहरू बस्ने कोठा र चौका रहेकोछ। दरवारको मूल ढोकाबाट सोझै तल सिढीं हुँदै कालीगण्डकी किनारामा पुग्न सकिने सिंढी छ तर अहिले सिंढी नदीसम्म पुगिदैन। दरवार प्रवेशद्वारबाट बाहिर निस्केपछि नदीमा स्नान गर्न जान सकिन्छ। धर्मशास्त्रका अनुसार नदी उत्तरतर्फ बगेको कारण यहाँ स्नान गर्दा या यहाँको पानी छोएमात्र पनि पवित्र भईन्छ भन्ने विश्वास गरिन्छ।



Rani Mahal, Palpa

Adventure: *****

Cultural: *****

Historical Heritage: *****

Preservation/condition: **

Accomodation/amenities: **

Number of Day trip: 2 days, 1 night

Camping area:*****

Scenic:*****

Camping available: up to 100+ trekkers