ॐ मणिपद्मे हूँ या ओ मने पेमे हुँ किन भनिन्छ?

- Sasang Lama, New York
भाषा र साहित्यमा रसियाबाट एमए गरेका खरो टिप्पणीकार ससाङ् लामाको बिचारोत्तेजक आलेखहरू पढेर रचनात्मक बहसमा सहभागी बन्नुहोस् ।
Exclusive: न्यू योर्कः ॐ मणिपद्मे हूँ - संसारभरका बौद्व धर्मावलम्वीहरुले जप्ने मुल मन्त्र हो । बिभिन्न देशमा यो मन्त्र फरक फरक किसिमले उच्चारण गरिन्छ । तिब्बतिहरुले 'ओ मने पेमे हुँ' भन्छन भने जापानिहरुले चैं 'ओमु मणी पेमे फुमु' भन्छन्। चिनियाँहरुले 'आन म नि बा मि होंग' भन्छन् र रुसी बुर्यातिहरुले चैँ 'ओम मणी बदमे खुम' भनेर ल्याउँदारान । यो मन्त्रको भाव के हो? अर्थ के हो?
यस मन्त्रको भावबारे धर्मज्ञाताहरुको आ-आफ्नै बिश्लेषण छ, interpretation छ । यस मन्त्रको उत्पती भारतीय उपमहाद्विपमा भएको र धर्म सम्बन्धी ग्रन्थ र मन्त्रहरु प्रायः संस्कृतमै हुन्थे । 'ॐ मणिपद्मे हूँ' भनी यो मन्त्रलाई संस्कृतमा लेखिएको छ । चिनियाँ र तिब्बतिहरुले आफ्नै लवजमा ढाल्दा यो अपभ्रंशित हुन पुगेको हो भन्ने मेरो ठम्म्याइ छ । तीन शब्दको यो मन्त्रलाई कतिपयले मणी र पद्मे अलग अलग उच्चारण गर्छन् । यो तीन शब्दको माने यसरी अर्थ्याइएको छ:
ॐ - पवित्र धार्मिक शब्द (भारतिय उपमहाद्विपमा रहेका धेरै धर्महरुले यो शब्दलाई sacred word को रुपमा लिन्छन् ।
मणी - Jewel बहुमुल्य पत्थर
पद्म - Lotus कमलको फूल
हुँ- निर्वाणचित्त अर्थात् Spirit of Enlightenment
ॐ शब्दकै अनेक धार्मिक connotation हरु छन्। यस शब्दको उच्चारण गर्दा शरीरका सबै तन्तुहरु सकृय हुन्छन् रे ! मणी र पद्म अलग अलग उच्चारण गर्दा ति शब्दहरुले शाब्दिक अर्थ मात्र जनाउँछ ।तर 'मणिपद्मे' शब्द संयोजनले बिम्ब, metaphor झल्काउँछ ।
हिलोमा फुलेको कमल, बिना हिलो नै कञ्चन रुपमा प्रष्फुटित हुन्छ । संसारिक मायामोह, दु:खकष्ट, बिधी ब्यवधानका बाबजुद पनि निर्वाणचित हाँसिल गर्न सक्ने व्यक्तिलाई बिम्बात्मक भाषामा कमलको फूल भनिएको हो र त्यो कमलको फूलमा भएको गुणलाई व्याख्या गर्न 'मणी' बिशेषण जोडिएको हो, अर्थात 'मणी जडित पद्म' भनी वर्णन गरिएको हो ।