उपसभामुख बन्दै नेपालकि सुपरिचित सामाजिक अभियन्ता ईन्दिरा रानामगर

Exclusive: नेपालकि सुपरिचित सामाजिक अभियन्ता ईन्दिरा रानामगर जो राष्ट्रिय स्वतन्त्र पार्टीकि समानुपातिक साँसद हुन्, लाई सत्ता गठबंधनले प्रतिनिधिसभाको उपसभामुखमा साझा उम्मेदवार बनाउने निर्णय अनुसार उनले उम्मेदवारी दिएकीछिन्। यस अघि सत्ता गठबंधनबाटै सभामुखमा नेकपा एमालेका साँसद देवराज घिमिरे विजयी बनिसकेकाछन्। उपसभामुखमा रानामगरको चयन सुनिश्चित बनेकोछ। विश्व चर्चित सामाजिक अभियन्ता रानामगरले विगत ३२ वर्षदेखि नेपालका विभिन्न जेलहरूमा बन्दी जीवन विताईरहेका दश हजारभन्दा बढी बन्दीहरूलाई आफ्नो संस्था बन्दी सहायता नेपाल मार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आएकीछिन् ।
प्रिजनर्स एसिस्टेन्स नेपालले स्थापनाकाल सन् २००० देखिनै काठमाण्डूको केन्द्रीय कारागार जेलभित्र महिला बन्दीहरूको लागि प्राथमिक विद्यालय र जेलकै बाहिर ति महिलाहरूको सन्तानहरूको निम्ति डेकेयर सेन्टर सन्चालन गर्दै आएकोछ। उनको संस्थाले नेपालको बिभिन्न जिल्लाहरूमा १६ वटा बालबालिका गृह (चिल्ड्रन होम) निर्माण गरी हालसम्म बन्दीमा परेका आमाबाबुहरूका र टुहुरा बनेका १,६०० भन्दा बढी बालबालिकाहरूलाई संरक्षण प्रदान गर्दै आएकोछ।
सामाजिक अभियन्ता ईन्दिरा रानामगरलाई बन्दी आमाबाबु र तिनका बालबालिकाहरूको उद्दार र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ प्रदान गरिएकोछ भने बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी र आविस्कारी महिला’ को रूपमा चुनेकोछ। सन् २००५ मा अमेरिकाको अशोका फ़ाउण्डेशनको अशोका फेलो सम्मान प्राप्त गरेकी सामाजिक अभियन्ता रानामगर नेपाल सरकारको महिला तथा बालबालिक मन्त्रालय र क्रियटिभ स्टेटमेण्टद्वारा ‘पावर गडेश-२००६’ पुरस्कार, सन् २००९ मा एशिया सोसाईटीद्वारा ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ लगायतबाट सम्मानित भएकीछिन्।
विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्य दूतावासहरुको संगठन' सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ द्वारा अन्तरराष्ट्रिय नारी दिवस २०१९ को अवसरमा १९ देशका नारीहरुसंगै नेपालकि सुपरिचित सामाजिक अभियन्ता ईन्दिरा रानामगरलाई सम्मानित गरेको थियो।