top of page

रविको नवनिर्वाचित रास्वपा सांसदहरूलाई जनतासंग जोडिई रहन आग्रह, नराम्रो गरे फिर्ता बोलाउन (Right to Recall) सकिने स्पष्ट निर्देशन


Exclusive: नेपालमा भर्खरै सम्पन्न आमनिर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाले आफ्ना नवनिर्वाचित १८२ जना साँसदहरूलाई संसद संचालन, नीति निर्माणमा साँसदहरूको दायित्वका विषयमा पूर्व जानकारी गराउन आयोजना गरेको दुई दिने अभिमुखीकरण (orientation) तथा परिचयात्मक कार्यक्रमको दोश्रो दिन सम्वोधन गर्दै जनतासंग निरन्तर जोडिई रहन आग्रह गरेकाछन् भने साँसदहरूले गल्ति गरेमा रास्वपाको नियमअनुसार फिर्ता बोलाउन (Right to Recall) गर्न सकिने स्पष्ट निर्देशन पनि दिएका छन्।


Rabi Lamichhane photo courtesy: RSP Facebook profile post


रास्वपा सभापति लामिछानेले जनतासंग जोडिईरहने कुरालाई महत्व दिंदै भनेका छन्-


“अब संसद्‌को सेसन चलेको बेलाबाहेक तपाईंहरूको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। चुनाव त फेरि पनि आउँछ, तर यसपटक हामीले नागरिकसँग ‘करार’ गरेका छौँ। त्यो करारका अक्षर–अक्षर पढ्नुहोला।”



रास्वपा साँसदहरूले गल्ति गरेमा रास्वपाको नियमअनुसार फिर्ता बोलाउन (Right to Recall) गर्न सकिने स्पष्ट निर्देशन दिंदै सभापति लामिछानेले अगाडि भनेका छन्-


“रास्वपा स्थापना भएको साढे तीन–चार वर्ष पनि भएको छैन। यसबीचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौँ। रास्वपाभित्र सिङ्गो देशको अनुहार छ। एउटा कुरा म आजै स्पष्ट पार्न चाहन्छु- सरकार दुईतिहाइको छ, सङ्ख्या घट्ला, बहुमतमा रहला वा अल्पमतमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन रास्वपाले जन्मँदै आफ्नो विधानमा स्थापित गरेको ‘राइट टु रिकल’ (प्रत्याह्वानको अधिकार) को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। एउटा स्वतन्त्रता हुन्छ, अर्को अनुशासन हुन्छ। ‘फ्रिडम’ र ‘डिसिप्लिन’ बीचको पातलो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। पार्टीको कुनै पनि उद्देश्य तपाईंको स्वतन्त्रता हनन गर्ने छैन। तपाईं स्वतन्त्रताको सदुपयोग गर्नुहोस् तर अनुशासित भएर। परिवार ठूलो भएको छ, अनुशासित हुन सकेनौँ भने त्यसले अराजकता सिर्जना गर्छ, जसलाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ।


म आज अलिकति फरक सुनिएको छु होला, तपाईंले महसुस गर्नुभएको होला। ‘अलिअलि कारबाहीका कुरा गर्‍यो, राइट टु रिकलको कुरा गर्‍यो, खबरदारी गर्‍यो’ भन्ने लागेको होला। लाग्नुपर्छ तपाईंलाई। किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन्, त्यो ठूलो जिम्मेवारीको महसुस तपाईंलाई प्रत्येक दिन हुनुपर्छ। ‘यो देश अहिले पनि बनेन भने कहिल्यै बन्दैन’, ‘बाबु यो देश बचाऊ’- भोट माग्न जाँदा आमाबुवाहरूले रुँदै भनेका यी शब्द कति गहन र ठूला छन्! हामी जस्ता सामान्य मान्छेको हातमा नीलो झन्डा र घण्टी बोकेर हिँडेकाहरूको काँधमा जेष्ठ नागरिकदेखि बालबालिकासम्मले ‘देश बचाऊ’ भनिरहेका छन्। जति ठूलो शक्ति, त्यति ठूलो जिम्मेवारी!”


Newly elected RSP MP and mother of Gen Z martyr Rasik, 23, Rachana Khatiwada. Photo courtesy: RSP Facebook profile page


सभापति लामिछानेले रास्वपा साँसदहरूले एक घुट्को पानी खाँदा र एक कप चिया खाँदा पनि जेनजी सहीदकि आमालाई सम्झनु होला भन्दै जेनजी आन्दोलनमा गोली लागेर सहीद बनेका २३ वर्षीय रसिक खतिवडाकि आमा रचना खतिवडा, जसलाई रास्वपाले समानुपातिक साँसद बनाएको छ, तिर संकेत गरेर सम्वोधन गर्दै भने-


“यतिखेर देश केन्द्रमा छ। देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईंको र मेरो मन्त्री/प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले र समाजले बोक्दैन, तर यो समाजको सपनाको भारी तपाईं–हामीले बोक्ने हो। त्यसैका लागि मत दिएर पठाएका हुन्। यो सामान्य कुरा होइन, यहाँ सहिदकी आमा छिन्, ध्यान दिनुहोला। कुनै पनि बिचौलियासँग साठगाँठ गर्नुभन्दा अगाडि, एक कप चिया वा एक घुट्को पानी खानुभन्दा अगाडि सहिदकी आमालाई सम्झिनुहोला। आफ्नो छोरो चढाएर संसद् छिरेकी छन् सहिदकी आमा।”


सभापति लामिछानेले शक्तिको उन्मादमा अन्धो नहुन चेतावनी दिंदै भने- “शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी बाँधिन्छ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई त नेपाली जनताले ३४-३५ वर्ष कुरे, तपाईं–हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैनन्।”


सभापति लामिछानेले ‘म केन्द्रित’ राजनीतिबाट माथि उठेर ‘देश केन्द्रित’ राजनीति गर्न आग्रह गर्दै भने-


“अब कानुन निर्माताका रूपमा तपाईंहरूको दौड स्वार्थ समूहहरूको घरघरमा होइन। गुट बनाएर कांग्रेस–एमालेलाई जितिँदैन साथी हो! कुनै गुट बनाउनुपर्दैन, घण्टीका मुनि सबै अटाउन सक्छौँ। घण्टीसँग त्यति धेरै तागत छ, कहीँ गुट बनाउनुपर्दैन। आफ्नो पोजिसन के हुन्छ? म कहाँ हुन्छु? मलाई के हुन्छ? पार्टीमा मेरो हैसियत के हुन्छ? संसद् र सरकारमा मेरो हैसियत के हुन्छ?’- यो ‘म केन्द्रित’ राजनीतिबाट माथि उठ्न सकिएन र ‘देश केन्द्रित’ राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरूको भन्दा पनि खत्तम हुन्छ। यो कुरा म तपाईंहरूलाई ‘डे वान’ मै बताउन गइरहेको छु। आफूलाई सेन्टरमा राख्ने होइन। आजसम्म राजनीति त्यस्तै भयो- ‘राष्ट्रिय सहमति’ भन्दै नेताहरूले आ–आफ्नो र पार्टीको ठाउँ सुरक्षित राखे। तर देशलाई केन्द्रमा राखियो कि राखिएन? त्यो महत्त्वपूर्ण कुरा हो।”


जथाभावी अभिव्यक्ति दिने र भाईरल बन्ने सांसदहरूलाई सम्झाउँदै सभापति लामिछानेले भने-


“यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। तपाईं–हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको अभिव्यक्ति वा क्रियाकलापबाट हुनुहुँदैन। सञ्चारमाध्यममा बोल्न र आफ्ना बारेमा ‘वाहवाह’ हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरूले राम्रो कुरा लेखिदिँदा मख्ख पर्नुहोला, तर तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा के प्रभाव पारेको छ भन्ने याद नगरी हल्काफुल्का रूपमा उभिनुभयो भने त्यसले देशलाई दीर्घकालीन असर गर्न सक्छ। अब तपाईं हिजोको मान्छे होइन, जिम्मेवार सांसद र राजनीतिज्ञ हो।”


बिचौलियाहरूबाट सरकार ढाल्ने र पार्टीको एकता खलबल पार्नेहरूदेखि होशियार रहन सभापति लामिछानेले यसरी निर्देशन दिए-


“यो देशमा बिचौलियाहरूको बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ, त्यो अनुभव तपाईंहरूलाई सुनाउँदै छु। तपाईंहरूलाई विचलित र प्रभावित बनाउन मानिसहरू दौडिन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको दिनबाटै एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ, अब यिनीहरूबीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ–ठाउँबाट प्रयास हुन्छन्। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने र गिराउनेहरूको बिगबिगी छ। हामीविरुद्ध पनि लाखौँ भोट परेका छन्। विरोधीहरूको कमी रहँदैन, तर फरक यति हो कि हामी कति बलियो छौँ? आफू बलियो हुनुपर्छ, ‘अर्काले फुटायो, विदेशीको चाल, उसको चाल’ जस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। यो कसैको चाल होइन, हामी मिल्न सकेनौँ र स्वार्थको बन्दी बन्यौँ भने मात्रै समस्या पर्ने हो।”



यो पनि पढ्नुहोस्ः


रास्वपाले तीन वर्षमै ८६६.६ प्रतिशत बढी सांसद कसरी जित निकाल्यो?


Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन वर्ष अघि सम्पन्न नेपालको आमनिर्वाचनमा २१ जना सांसद जित निकालेर प्रतिनिधिसभामा चौंथो ठूलो दल बनेको थियो भने जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा १८२ स्थानमा जित निकालेर देशको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। अंकगणितीय भाषामा बि.सं. २०७९ सालको चुनावी परिणामभन्दा यस पटक बि. सं. २०८२ सालको नतिजा ८६७ (८६६.६७) प्रतिशत बढी जित निकालेको हो। रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा १२५ सिट जितेर तल्लो सदनको कूल साँसद संख्याको ७५.७६ प्रतिशत पदमा रास्वपाले आफ्नो पकड जमाएको छ भने समानुपातिकतर्फको ११० पदमा ५७ जना पाएर कूल समानुपातिकमा ५१.८२ प्रतिशत पदमा आफ्नो सांसद विजयी बनाउन सफल भएको छ। यो ऐतिहासिक सफलता र विरासतलाई कायम गर्न रास्वपाले जनताले महशुस गर्ने गरी सुशासनको प्रत्याभूति दिनु पर्ने छ भने जनताका दिनदैन्निकीमा राहत, युवा रोजगारी सृजना र भ्रष्टाचारको समूल नष्ट गर्न भ्रष्टाचारीहरूलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने गहन जिम्मेवारी र चुनौती छ।


Read details news at:


समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०,६१७ मत खसेकोमा १,०८,३५,०२५ (९६.०५%) मत सदर भएको निर्वाचन आयोगले जानकारी गराएको छ। समानुपातिकतर्फ रास्वपाले कूल समानुपातिक मत ५१,८३,४९३ प्राप्त गरेको छ जुन कुल समानुपातिक मतको ४७.४८ प्रतिशत मत प्राप्ति हो। यस अनुसार रास्वपाको तर्फबाट ५७ जना समानुपातिक साँसदहरूको सूची निर्वाचन आयोगले प्रमाणित गरेको छ।


उता प्रतिनिधिसभा सदस्यको लागि कुल १,८९,०३,६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १,११,६८,०३२ मतदान खसेको र त्यसमध्ये १,०५,५९,०१७ (९४.५५%) मत सदर भएको निर्वाचन आयोगले जानकारी गराएको छ।


निर्वाचन आयोगले प्रकाशन र प्रमाणित गरेको रास्वपाको तर्फबाट ५७ जना समानुपातिक साँसदहरूको सूची यस प्रकार छः


खस–आर्यतर्फः


१.प्रतिभा रावल

२.रचना खतिवडा खत्री

३.लिमा अधिकारी आचार्य

४.विदुषी राणा

५.समीक्षा बास्कोटा

६.श्रद्धा कुवर क्षेत्री

७.टीका संग्रौला (पिछडिएको क्षेत्र)

८.क्रान्तिशिखा धिताल

९.आकृति अवस्थी

१०.सृष्टि भट्टराई

११.मन्जु भुसाल

१२.प्रभा कार्की

१३.शोभा खनाल

१४.रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र)

१५.ज्ञानु पौडेल

१६.प्रभा ढकाल

१७.रमेश प्रसाईं (अपांगता)


थारूतर्फः

१८.गीता चौधरी

१९.करिश्मा कठरिया

२०.सुरेन्द्र चौधरी

२१.प्रेमलाल चौधरी


मुस्लिमतर्फः

२२.समिना मियाँ

२३.अफ्सना बानु

२४.गजाला शमिम मिकरानी


मधेसीतर्फः

२५.पुनमकुमारी अग्रवाल

२६.निशा मेहता

२७.ललिता कुमारी

२८.डा. अंकिता ठाकुर

२९.सरिता महतो

३०.कामिनी कुमारी

३१.सुनिताकुमारी चौधरी

३२.पुरुषोत्तम सुप्रभात यादव

३३.खगेन्द्र कर्ण


दलितकर्फः

३४.रिमा विश्वकर्मा

३५.अमृता विक

३६.सीता बादी

३७.स्मृति सेन्चुरी

३८.सुष्मा स्वर्णकार (डिम्पल)

३९.तारा विश्वकर्मा

४०.खिमा विक

४१.प्रकाशचन्द्र परियार (दर्जी)


आदिवासी जनजातितर्फः

५२.बसुमाया तामाङ

४३.गंगा छन्त्याल

४४.सुम्निमा उदास

४५.अनुष्का श्रेष्ठ

४६.ओजश्वी शेरचन

४७.सिर्जना श्रेष्ठ

४८.रजनी श्रेष्ठ

४९.कुसुम महर्जन

५०.भूमिका श्रेष्ठ

५१.प्रमिला कुलुज

५२.सुजाता तामाङ

५३.कृपा महर्जन

५४.एलिजा गुरुङ

५५.डा. राम लामा

५६.खुस्बुसरकार श्रेष्ठ

५७.मिङमा ग्याबु शेर्पा


त्यसैगरी, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलहरुबाट निम्नानुसारको संख्यामा उम्मेदवारहरु निर्वाचित हुनेगरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण भएको छः


राजनीतिक दलको नाम निर्वाचित हुने समानुपातिक संख्याः


१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५७

२. नेपाली कांग्रेस (नेका) २०

३. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) १६

४. नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ९

५. श्रम संस्कृति पार्टी ४

६. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४


राजनीतिक दलको नाम र प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रत्यक्षतर्फको संख्याः


१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५

२. नेपाली कांग्रेस (नेका) १८

३. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) ९

४. नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ८

५. श्रम संस्कृति पार्टी ३

६. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १

७. स्वतन्त्र १


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फ विजयी १२५ सांसदहरूको सूचीः


१. रन्जु दर्शना न्यौपाने — काठमाडौं–१

२. सुनिल के.सी. — काठमाडौं–२

३. राजु नाथ पाण्डे — काठमाडौं–३

४. पुकार बम — काठमाडौं–४

५. सस्मित पोखरेल — काठमाडौं–५

६. शिशिर खनाल — काठमाडौं–६

७. गणेश पराजुली — काठमाडौं–७

८. विराज भक्त श्रेष्ठ — काठमाडौं–८

९. डोल प्रसाद अर्याल — काठमाडौं–९

१०. प्रदिप विष्ट — काठमाडौं–१०

११. बुद्ध रत्न महर्जन — ललितपुर–१

१२. जगदिश खरेल — ललितपुर–२

१३. तोसीमा कार्की — ललितपुर–३

१४. रुकेश रन्जित — भक्तपुर–१

१५. राजीव खत्री — भक्तपुर–२

१६. हरि ढकाल — चितवन–१

१७. रवि लामिछाने — चितवन–२

१८. सोविता गौतम — चितवन–३

१९. निशा डाँगी — झापा–१

२०. इन्दिरा राना मगर — झापा–२

२१. प्रकाश पाठक — झापा–३

२२. शम्भु प्रसाद ढकाल — झापा–४

२३. वालेन्द्र शाह — झापा–५

२४. सुनिल लम्साल — रूपन्देही–१

२५. सुलभ खरेल — रूपन्देही–२

२६. डा. लेखजंग थापा — रूपन्देही–३

२७. कन्हैया बनिया — रूपन्देही–४

२८. तौफिक अहमद खान — रूपन्देही–५

२९. सागर ढकाल — गुल्मी–१

३०. गोविन्द पन्थी — गुल्मी–२

३१. धनन्जय रेग्मी — स्याङजा–१

३२. झवि लाल डुम्रे — स्याङजा–२

३३. लाल बिक्रम थापा — सुनसरी–२

३४. अशोक कुमार चौधरी — सुनसरी–३

३५. दीपक कुमार साह — सुनसरी–४

३६. यज्ञमणि न्यौपाने — मोरङ–१

३७. कृष्ण कुमार कार्की — मोरङ–२

३८. गणेश कार्की — मोरङ–३

३९. सन्तोष राजवंशी — मोरङ–४

४०. आशा झा — मोरङ–५

४१. रुबिना आचार्य — मोरङ–६

४२. नितिमा भण्डारी (कार्की) — सर्लाही–१

४३. रबिन महतो — सर्लाही–२

४४. नरेन्द्र साह कलवार — सर्लाही–३

४५. अमरेश कुमार सिंह — सर्लाही–४

४६. राजन गौतम — नवलपरासी (पू.)–१

४७. मनिष खनाल — नवलपरासी (पू.)–२

४८. विक्रम खनाल — नवलपरासी (प.)–१

४९. नरेन्द्र कुमार गुप्ता — नवलपरासी (प.)–२

५०. राम विनोद यादव — धनुषा–२

५१. मनिष झा — धनुषा–३

५२. राज किशोर महतो — धनुषा–४

५३. देवराज पाठक — दाङ–१

५४. विपिन कुमार आचार्य — दाङ–२

५५. कमल सुबेदी — दाङ–३

५६. बब्लु गुप्ता — सिराहा–१

५७. शिव शंकर यादव — सिराहा–२

५८. शम्भु कुमार यादव — सिराहा–३

५९. तपेश्वर यादव — सिराहा–४

६०. गणेश धिमाल — बारा–१

६१. चन्दन कुमार सिंह — बारा–२

६२. अरविन्द साह — बारा–३

६३. रहवर अंसारी — बारा–४

६४. खडक राज पौडेल — कास्की–१

६५. उत्तम प्रसाद पौडेल — कास्की–२

६६. बिना गुरुङ — कास्की–३

६७. आसिका तामाङ — धादिङ–१

६८. बोध नारायण श्रेष्ठ — धादिङ–२

६९. स्वर्णिम वाग्ले — तनहुँ–१

७०. श्रीराम न्यौपाने — तनहुँ–२

७१. पुष्पा कुमारी चौधरी — सप्तरी–१

७२. रामजी यादव — सप्तरी–२

७३. अमर कान्त चौधरी — सप्तरी–३

७४. सिताराम साह — सप्तरी–४

७५. मोहन लाल आचार्य — कपिलबस्तु–१

७६. विक्रम थापा — कपिलबस्तु–२

७७. जनक सिंह धामी — कञ्चनपुर–१

७८. दिपक राज बोहरा — कञ्चनपुर–२

७९. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर–३

८०. प्रमोद कुमार महतो — महोत्तरी–१

८१. दिपक कुमार साह — महोत्तरी–२

८२. उज्ज्वल कुमार झा — महोत्तरी–३

८३. गौरी कुमारी — महोत्तरी–४

८४. सुधन गुरुङ — गोरखा–१

८५. कविन्द्र बुर्लाकोटी — गोरखा–२

८६. पारश मणि गेलाल — उदयपुर–१

८७. सुर्य बहादुर तामाङ — उदयपुर–२

८८. प्रकाश गौतम — मकवानपुर–१

८९. प्रशान्त उप्रेती — मकवानपुर–२

९०. बुद्धि प्रसाद पन्त — पर्सा–१

९१. सुशील कुमार कानु — पर्सा–२

९२. रामाकान्त प्रसाद चौरसिया — पर्सा–३

९३. टेक बहादुर शाक्य — पर्सा–४

९४. ठाकुर सिंह थारु — बर्दिया–१

९५. श्रीधर पोख्रेल — बर्दिया–२

९६. सुरेश कुमार चौधरी — बाँके–१

९७. खगेन्द्र सुनार — बाँके–३

९८. राजेश कुमार चौधरी — रौतहट–१

९९. रविन्द्र पटेल — रौतहट–३

१००. गणेश पौडेल — रौतहट–४

१०१. विक्रम तिमिल्सिना — नुवाकोट–१

१०२. अचुत्तम लामिछाने — नुवाकोट–२

१०३. कोमल ज्ञवाली — कैलाली–१

१०४. के.पी. खनाल — कैलाली–२

१०५. जगत प्रसाद जोशी — कैलाली–३

१०६. खेम राज कोइराला — कैलाली–४

१०७. आनन्द बहादुर चन्द — कैलाली–५

१०८. धनेन्द्र कार्की — सिन्धुली–१

१०९. आशिष गजुरेल — सिन्धुली–२

११०. मधु कुमार चौलागाई — काभ्रेपलाञ्चोक–१

१११. बदन कुमार भण्डारी — काभ्रेपलाञ्चोक–२

११२. सुशील खड्का — बाग्लुङ–१

११३. सोम शर्मा — बाग्लुङ-२

११४. भरत प्रसाद पराजुली — सिन्धुपाल्चोक–१

११५. हरी प्रसाद भुसाल — अर्घाखाँची–१

११६. जगदीश खरेल — दोलखा–१

११७. सागर भुसाल — पर्वत–१

११८. धर्म राज के.सी. — लमजुङ–१

११९. सुशान्त वैदिक — प्यूठान–१

१२०. माधव बहादुर थापा — पाल्पा–२

१२१. कृष्ण हरी बुढाथोकी — रामेछाप–१

१२२. विश्व राज पोखरेल — ओखलढुंगा–१

१२३. रमेश कुमार सापकोटा — सुर्खेत–२

१२४. हरि मोहन भण्डारी — बैतडी–१

१२५. तारा प्रसाद जोशी — डडेलधुरा–१



निलो छाल: नेपालमा परिवर्तनको सुनामी


निलो क्रान्ति


एक थोपा रगत नबगाई मत परिवर्तनबाट व्यवस्था हैन अवस्था परिवर्तन गर्ने खुल्ला आँखाले देखेको सपनालाई रास्वपा सभापति रवि लामिछानेले निलो क्रान्तिको नाम दिएका थिए। आज मुलुक त्यहीं निलो क्रान्तिको ऐतिहासिक उत्कर्षमा पुगेको छ।


जेनजी आन्दोलन


जेनजी आन्दोलन जसले झण्डै दुईतिहाईको मिलिजुली एमाले-कांग्रेस गठबन्धनलाई धरासायी बनायो र तिनका नेताहरू हेलिकप्टरमा भाग्न वाध्य पार्यो, उनीहरूले यस्तो भाष्य बनाउने प्रयास गरे कि जेनजीहरू विध्वंसकारी, आतंककारी र देश जलाउनेहरू यिनै जेनजीहरू हुन्। तर जनता जनार्दन रहेछन्, उनीहरूले नेताहरूका कुरा पत्याएनन् बरू उल्टै पुराना दलहरूका प्रायः सबै पुराना नेताहरूलाई मतदानबाट पराजित गरिदिए।



बालेन फ्याक्टर


उता रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्रीका लागि घोषित  बालेन शाहको बालेन फ्याक्टरले पहिलो पटक पुरै मधेसलाई काठमाण्डूसंग जोडेको छ। हिमाल, पहाड र मधेसको दुरी अब मेटिदो छ। नेपालको राजनीति अब देशलाई समृद्ध बनाउने हुनु पर्छ। नेपाली जनताले कुनै क्षेत्र, भेग, जातजातिको राजनीतिभन्दा माथि उठेर अब देश बनाउने स्पष्ट जनादेश दिएका छन्।


रास्वपाको ग्रहुंगो जिम्मेवारी


रास्वपालाई अब कुनै वहाना बनाउने (execuse) छुट छैन। होईन र हैन भन्न पाईदैन। भ्रष्टाचारको अन्त्य गर्न शून्य सहलशीलता कायम गरी भ्रष्टाचारीलाई कार्यवाही हुनु पर्यो। देशको समग्र विकास र सुशासनको प्रत्याभूति देखिने गरी हुनु पर्यो।



प्रवासी नेपालीको अधिकारको सुनिश्चितता


संविधान प्रदत्त प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित हुनु पर्यो किनकी एक तिहाई जनसंख्या नेपाली विदेशमा छन्। रास्वपाले आफ्नो नागरिक करारनामामा प्रण गरेको प्रवासमा रहेका नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरता प्रदान गर्ने कायम गर्ने गरी संविधान संशोधन गरी सो अधिकारको सुनिश्चितता गर्नु पर्यो।


अहिलेलाई शंकाको लाभ दिने मात्र हैन, आशा र विश्वास गरौं, रास्वपाले नेपालीले देखेको सपना पुरा गर्छ र देश बनाउँछै बनाउँछ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page