top of page

मन मिलेको नेपाल पो नेपाल!

-Pradeep Pariyar Thapa Magar

Opinion: नेपाल एकीकरणको अभियन्ता राजा पृथ्वीनारायण शाहले आफूलाई सगर्व मगरातका राजा घोषणा गर्दथे, उनी मगरैका सन्तती पनि थिए। कमसेकम मगरहरूले जति रगत कसैले बगाएनन् चाहे नेपाल एकीकरण या विस्तार जे भन्नुस् का बेला होस् या फेरी माओवादी जनयुद्धमा।हिसाबकिताब मसंग छ खोज्नु भो भने। युद्धको दौरान र रणनीतिक चालचल्दा किर्तिपुरे जनता, पूर्वका किराँत राई, लिम्बू र अन्य राजारजौटाहरूसंग भएको ज्यादति र जालझेलका हत्कण्डाको निम्ति युद्ध मैदानमा नेपालको पूर्व-पश्चिमका हरेक माटो र पाईला पाईलामा होमिएका पराक्रमी मगर पूर्वजका वर्तमान मगरहरूले पनि माफी माग्नु पर्छ, मैले चैं माग्दै आएकोछु। तर यसको मतलव फगत झुकेको, एकीकरणको महत्तालाई नजरअन्दाज गरेको हैन। विगतका तीतो विर्सौं। राज्य गुमाउनेमा त बाईसे चौबिसे राज्यका अधिकाँश मगर रजौटाहरू नै त थिए। अझ सयौं भुरे टाकुरे मगर राजाहरूको त लेखाजोखा राखेर साध्य छैन। तर मगर ढुक्क छन्। मगरका राज्य गुमे पनि सिंगो नेपाल बनेको छ। सबैले गर्व गरौं। अहिलेको सरकारले राज्यको तर्फबाट सार्वजनिक माफी मागोस् र सदाको लागि नेपाली एकता र सद्भावको गाँठो कसोस्। नेपाल सिंहदरवारमा बसेर शासन चलाउनेहरूको मात्र हैन, जनताको मन पनि नेपाल हो। मन बिभाजित भो भने नेपाल भौगोलिकरूपमा एक भए पनि भावनात्मकरूपमा खण्डित हुन्छ। मनको बिखण्डनले हामीलाई सग्लो नेपाली हुनबाट बन्चित बनाउँछ। मनको मैलो सदाको लागि हटाऔं। युगयुगान्तर नेपाली भएर बाँचौं। चेतना भया।🙏💕😭🙏💔


-प्रदीप परियार थापा मगर

सम्पादक, नेपालिजम


नेपालै नभए हामी नेपाली कहाँ रहौंला ?

पृथ्वीनारायण शाहको देनलाई सम्झिदा


-Pradeep Pariyar Thapa

Exclusive: "मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, यो चार वर्ण छात्तिश जात सबैको साझा फूलबारी हो सबैलाइ चेतना भया" यो अभिव्यक्ती हो- वर्तमान नेपालको एकिकरण अभियन्ता राजा पृथ्बीनारायाण शाहको । आजभन्दा साढे दुई सय वर्ष अघी अभिव्यक्त सो उक्तिबाट पृथ्बीनारायाण शाहले गोर्खा राज्यको बिस्तारबाट बन्ने मुलुक सबैको साझा मुलुक बनाउने सपना देखेको बुझिन्छ ।पृथ्बीनारायाण शाहले नेपालको बाईसे-चौबिसे राजा रजौटाहरुलाई गोर्खा राज्यको बिस्तारमा गाभ्दै बृहत्तर देश, जुन पछि नेपाल देशको रुपमा कहलिन पुग्यो, बनाउन थालनी नगरेको भए अहिले हामी नेपाली भनेर चिनिने थियौं होला त ?


0 comments
bottom of page