Updated: Exclusive: सम्राट राज्य (Empire State) को रूपमा सुपरिचित अमेरिकी राज्य न्यू योर्कले नेपाली पहिचानको लागि आफूलाई अग्रणी राज्यकोरूपमा उभ्याउँदै आएकोछ। यसको पछिल्लो प्रमाण यस राज्यको राजधानी अल्बानी राज्य एसेम्वली भवनमा गत मे २८ मा मनाईएको “नेपाली कम्युनिटी डे (दिवस)” (२०२४) लाई लिन सकिन्छ। उसो त यस अघि राज्यले “नेपाली अमेरिकन हेरिटेज डे” (२०२१), “माउण्ट एभरेष्ट डे” (२०२१) घोषणा गर्नकासाथै न्यू योर्क सहरले “माउण्ट एभरेष्ट वे” (२०१९), “तेंजिंग नोर्गे वे” (२०२३) र सहरको मुटु म्याहटनमा नेपाली झण्डा फहराएर (२०२३) ईतिहास रचिसकेको छ।
न्यू योर्क राज्य असेम्बली भवनमा गत मे २८ तारिख मनाईएको “नेपाली कम्युनिटी डे (दिवस)” राज्य साँसद स्टिभन रागाले स्पोन्सर गरेका थिए भने सह-प्रायोजकमा राज्य साँसदहरू जेनिफर राजकुमार र नेपाली मूलकी सराहना श्रेष्ठ रहेका थिए। विविध ३३ वटा नेपाली संघसंस्थाहरू सह-आयोजक रहेको उक्त दिवसमा नेपाली साँस्कृतिक प्रस्तुत गरिएको थियो भने चालु राज्य संसदबाट नेपाली अमेरिकन समाजलाई औपचारिकरूपमै धन्यवाद ज्ञापन गरिएको थियो।
न्यू योर्क सहरका मेयरले पहिलो पटक नेपालको झण्डा फहराए, नेपाली सम्पदा र संविधान दिवस Sept 20 घोषणा
Exclusive: विश्वको राजधानी मानिने न्यू योर्क सहरका नेपाल र अमेरिकाको राष्ट्रगानको संगीतको जोशिलो गुन्जाहटसंगै मेयर एरिक आडम्सले सेप्टेवर २० तारिख म्यानहटनस्थित बाउलिन ग्रिन पार्कमा पहिलो पटक नेपालको झण्डा फहराएका छन्। सो ऐतिहासिक झण्डोत्तोलन समारोहमा मेयर आडम्सले नेपाली समुदायलाई सम्वोधन गर्दै उद्घोष गरे- “तपाईंहरू हाम्रो शहरको निर्माण र जगको एक हिस्सा हुनुहुन्छ” (You’re part of the fabric and foundation of the city.) नेपालको संविधान दिवस र गणतन्त्र दिवसको अवसर पारेर उक्त झण्डोत्तोलन समारोह सम्पन्न भएको हो।
Read details news at: https://www.nepalism.com/post/new-york-city-hoisted-first-nepal-flag
न्यू योर्क सहरद्वारा ७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ को अवसरमा तेन्जिंग नोर्गे शेर्पा वे सडक नामाकरण
Exclusive: अमेरिकाको न्यू योर्क राज्यको न्यू योर्क सहरको नगर परिषदले कुईन्स ज्याक्सन हाईट्सस्थित ब्रडवे र उडसाईड एभेन्यू विचको ७५ स्ट्रीटलाई विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) मा प्रथम पटक सफल आरोहण गर्ने नेपाली छोरो आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा सडक नामाकरण गरी समर्पित गरेकोछ। सत्तरीऔं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ को अवसर पारेर गरिएको सो सडक नामाकरणले नेपालित्वको पहिचान र स्वाभिमानी नेपालीहरुको शीर अझ उच्च भएको कुरा अतिथि वक्ताहरू र समारोहको आयोजक संस्था युएस नेपाल क्लाईम्बर्स एशोसिएसनले जानकारी गराएको छ। अमेरिकामा मात्र हैन विश्वमै नेपाली व्यक्तित्वको नाममा सडकको नाम समर्पित भएको यो सम्भवतः पहिलो ऐतिहासिक घटना हो।
Read details news at: https://www.nepalism.com/post/nyc-named-tenzing-norgay-sherpa-way-on-70th-mt-everest-day-may29-2023
न्यू योर्कमा ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसकारूपमा भव्यतपूर्वक सम्पन्न
Updated: Exclusive: न्यू योर्क सहरका नेपालीहरूले ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसका रूपमा भव्यतपूर्वक मनाएकाछन्। न्यू योर्क राज्य सभाले एसेम्वली रिजोलुसनद्वारा मे २९ तारिखलाई ‘नेपाली-अमेरिकन हेरिटेज डे’ को रूपमा मनाउने घोषणापछि नेपालीहरू अझ उत्साहित भएका हुन्। उसो त, नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस संयोगले एउटै दिन परेकोले मे २९ तारिख विश्वभरका नेपालीहरूले हरेक वर्ष मनाउँदै आएकाछन्। तर अमेरिकी भूमिमा अमेरिकी सरकारको न्यू योर्क राज्य विधानसभाबाट मान्यता दिनु अमेरिकी नेपालीहरूले गर्व गर्नु पर्ने दिनको रूपमा लिईनु पर्दछ।
Read details news at: https://www.nepalism.com/post/nepal-day-and-mt-everest-day-may-29-celebrated-in-nyc
Comments