top of page

परिवर्तनका संवाहक ChangeMakers 2022 (USA) को घोषणा, ८ व्यक्तित्वहरू मध्ये ५ नारीको ६२. ५ प्रतिशत

Updated: Jan 12, 2023


Nepalism .com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism .com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.


-प्रदीप परियार थापा, सम्पादक, नेपालिजम डट कम

Updated: Exclusive: नेपालीजम डट कमले सन् २०२२ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2022 (USA) सार्वजनिक गरेको छ । यो वर्ष चुनिएका ८ व्यक्तित्वहरू मध्ये ५ नारीहरूको छनौटबाट ६२.५ प्रतिशत प्रतिनिधित्व रहेको छ। यो वर्षको परिवर्तनका संवाहकहरूमा (१) अमेरिकाबाट मातृभूमि नेपाल फर्केर हालसालै सम्पन्न नेपालको आमनिर्वाचनमा सांसद विजयी भई भर्खरै बनेको नेपाल सरकारको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रवि लामिछाने, (२) आफ्नो जीवनपर्यन्त नेपालको लागि समर्पित गरेकी पूर्व अमेरिकी एवं अंगिकृत नेपाली नागरिक स्व. बार्बरा एडम्स (मरणोपरान्त), (३) हालसालै अमेरिकाको न्यू योर्क राज्य एसेम्बली सभासद विजयी सराहना श्रेष्ठ, (४) अमेरिकाब सन् २०१९ मा मातृभूमि नेपाल फर्किएकी र नेपालको भर्खरै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक (जनजाति) तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य विजयी मिनाकुमारी श्रेष्ठ, (५) अमेरिकाको राजधानी वासिंगटन डिसी क्षेत्रमा विगत साढे दुई दशकदेखि डेमोक्रेटिक पार्टीमा सकृय रही नेपाली हकअधिकार र पहिचानलाई अमेरिकी राजनीतिको मूलधारमा समाहित गरेका हरि शर्मा, (६) अमेरिकाको सामाजिक परिवर्तन अभियानमा कृयाशील नेतृ पवित्रा खाती बेन्जामिन, (७) विश्वका ४० मुलुकमा फैलिएको हामी नेपाली ग्लेबलका अमेरिका निवासी संस्थापक अध्यक्ष अमृत लामा, र (८) अमेरिकी टेलिभिजन एनबिसीको रियालिटी साँगितिक प्रतियोगितामा उत्कृष्ट ८ औं बनेर नेपाली पहिचानलाई अमेरिका र विश्वभर चिनाएकी युवा गायिका परिजिता बास्तोला छिन्।


यसअघि, दोश्रो संस्करण सन् २०२१ को ChangeMakers लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये महिलाहरु ११ जना (२७.५ प्रतिशत रहेको थियो भने पहिलो संस्करण सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरु मध्ये महिलाहरु १५ जना (२२ प्रतिशत) रहेको थियो । हरेक वर्ष महिला व्यक्तित्वहरूको खोजी, पहिचान र उनीहरूले गरेको तरक्कीको बढोत्तरी देखिनु र कदर गरिनु भनेको समाजको सही प्रतिविम्व गरिनु पनि हो। नेपालिजम परिवार यो कुरामा गर्व गर्दछ।


ChangeMakers 2022

परिवर्तनका संवाहक २०२२


1. Deputy Prime Minister & Home Minister Rabi Lamichhane (Nepal/Ex NRN USA)

2. Barbara Adams (Posthumously) (USA/Nepal)

3. Sarahana Shrestha (USA)

4. Mina Kumari Shrestha (Nepal/Ex NRN USA)

5. Hari K. Sharma (USA)

6. Pabitra Khati Benjamin (USA)

7. Amrit Lama (USA)

8. Parijita Bastola (USA)


Rabi Lamichhane. Photo courtesy: Nikita Poudel Lamichhane Facebook profile


1. रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृहमन्त्री, नेपाल सरकार, पूर्व एनआरएन अमेरिका


रवि लामिछाने लामो समय विश्वको वैभवशाली मुलुक अमेरिका बसेर, अमेरिका कसरी सिस्टममा चल्छ र विकास कसरी हुन्छ भन्ने राम्ररी बुझेर सन् २०१५ को अन्तमा नेपाल फर्केका पूर्व एनआरएन हुन्।


हालसालै सम्पन्न नेपालको आमनिर्वाचनमा लामिछानेले पाँच महिना राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरी आमनिर्वाचनमा होमिएका थिए। उक्त निर्वाचनमा उनको पार्टीबाट प्रतक्ष्यतर्फ उनी लगायत ७ साँसद विजयी बने भने समानुपातिक तर्फ १३ साँसदसहित २० साँसद विजयी भएर संसदमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछि चौंथो ठूलो दल बन्न पुगेकोछ। भर्खरै बनेको नेपाल सरकारको मन्त्रिमण्डलमा रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्। उनी मातृभूमि नेपाल फर्केर राष्ट्रको सबैभन्दा माथिल्लो तहमा पुग्ने पहिलो पूर्व गैरआवासीय नेपाली (एनआरएन) हुन्।


रविलाई न भ्रष्टाचार गरी धन कमाउनु छ न विसंगतिलाई यथास्थितिमा रहन दिने सुविधा छ। विगत तेत्तिस वर्षदेखिका तेह्र वटा बहुदलीय सरकारहरूले औसतमा साढे दुई वर्ष सत्ता संचालन गरे तर भ्रष्टाचार र विसंगतिमा देशलाई चुलुम्म डुबाए। गत आमनिर्वाचनबाट राष्ट्र र जनताको पक्षमा काम गर्ने म्यान्डेट पाएका, सत्ता समिकरणको नयाँ खेलबाट संवैधानिक पदभार, ल्याकत र म्यान्डेट पाएका रवि अव देशको मुहार फेर्न युद्ध मैदानमा छिरेका तर वेथिति र विसंगतिको छल, कपटरूपी चक्रव्यूहलाई तोडेर विजयी बन्नै पर्ने जनताका भरोसा र आशाका अभिमन्यु हुन्।


उनीबारे नेपालिजमको थप रिपोर्टिंग पढ्नुहोस्ः




Barbara Adams. Photo: Barbara Adams via Telegraph


2. बार्बरा एडम्स (मरणोपरान्त चुनिएकी), नेपाली सद्भावनादूत


अमेरिकाको न्यू योर्क राज्यमा जन्मिएकी तर नेपाल र नेपालीको निम्ति जीवनपर्यन्त समर्पित बार्बरा एडम्स नेपालकी सच्चा सद्भावनादूत, न्यू योर्ककि छोरी र नेपाली शाही खानदानी बुहारी हुन्। सन् २०१६ को अप्रिल २२ तारिख चर्चित लेखिका बार्बरा एडम्सको ८६ वर्षको उमेरमा काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । लेखिका एडम्सलाई सन् २०१५ को फेब्रुवरी २२ तारिख हर्टट्याक भएको थियो । लेखिका बार्बरा एडम्सले सन् २००८ को अक्टुवरमा नेपालिजमसंग मर्ज (गाभिएको) युएसनेपालअनलाईनलाई भनेकि थिईन्- "जीवनको यो अन्तिम घडीमा नेपाली नागरिकताको प्रमाण पत्र सिरानीमा राखेर मर्ने मेरो मन छ" । उनले ४५ वर्षको संघर्ष पछि बिसं २०६५ को माघ २९ गते नेपाली नागरिकता प्राप्त गरेकि थिईन्।

विसं २०१८ सालमा नेपाल आएकी युवा पत्रकार बार्बरा नेपालको प्राकृतिक सुन्दरताबाट मोहित भएर नेपालमै बस्ने निर्णयमा पुगेकी थिइन् । नेपाल जति सुन्दर छ त्यो बेला त्यति नै सुन्दर थिइन् उनीपनि । फलतः तत्कालिन अधिराजकुमार बसुन्धरा, राजा महेन्द्रका भाईसँग उनको प्रणय सम्बन्ध भयो । तर बसुन्धरा-बार्बराबीचको विवाहलाई दरवारले मान्यता दिएन । त्यसैले उनले अधिराजकुमारी बार्बराको मान्यता पाउन सकिनन् । अधिराजकुमार बसुन्धराको निधनपछि अनेक दुख र हण्डर खानु परे पनि नेपालप्रतिको उनको माया र सद्भाव कहिल्यै मरेन । अधिराजकुमार बसुन्धराको अनुपस्थिति र दरवारले गरेको अपमानका बाबजुद उनले नेपालमै बस्ने र यहीं मर्ने निर्णय गरेकी थिइन् ।

उनलाई २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा तत्कालिन गृहमन्त्री बामदेब गौतमले नेपाली नागरिकता प्रदान गरेका थिए । जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं लेखिका एडम्सका अनन्य मित्र किशोर श्रेष्ठले नेपाली नागरिकता दिलाउन विशेष पहल गरेका थिए ।

Nepalism.com Editor, Pradeep Pariyar Thapa with Barbara Adams in New York in 2008. Photo: USNepalOnline


लेखिका एडम्स आफ्नो सामाजिक संस्था बार्बरा शान्ति प्रतिष्ठान मार्फत सुदूरपश्चिम नेपालको बैतडी र दार्चुला जिल्लामा दलित परिवारका लागि आवास निर्माण र अन्य सामाजिक कार्यहरुमा संलग्न रहँदै आएकी थिइन् ।

Sarahana Shrestha. Photo courtesy: Sarahana for Assembly Facebook page


3. सराहना श्रेष्ठ, अमेरिकामा पहिलो नेपाली अमेरिकन न्यू योर्क राज्य एसेम्बली सदस्य


सराहना श्रेष्ठ नेपालको काठमाण्डौंमा जन्मेकी तर अमेरिकाको न्यू योर्क राज्यलाई आफ्नो घर र कर्मथलो बनाएकी नेपाली चेली हुन्। उनले अमेरिकामा पहिलो नेपाली अमेरिकन राज्य एसेम्बली सदस्य बनेर ईतिहास रचेकीछिन्। सराहना नेपाली-अमेरिकी समुदायको चम्किलो मोती हुन्। उनको यो विजयले ईतिहास मात्र रचेको छैन बल्की अमेरिकाको मूलधारे राष्ट्रिय राजनीतिमा हाम्रो समुदायको लागि नयाँ बाटो खोलेको छ। उनको जीतले अब नेपाली-अमेरिकी समुदायको पहिचानको अर्को उँचाई कायम गरेको छ। अमेरिकी सपनाको उनी ज्वलन्त उदाहरण बनेकीछिन्।


Sarahana for Assembly grassroot mobilization. Photo courtesy: Sarahana for Assembly Facebook page


उनीबारे नेपालिजमको थप रिपोर्टिंग पढ्नुहोस्ः



4. मिनाकुमारी श्रेष्ठ, ६३, लुम्बिनी प्रदेश सभा सदस्य, पूर्व एनआरएन अमेरिका


नेपालको भर्खरै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक (जनजाति) तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य विजयी मिनाकुमारी श्रेष्ठ हाल राप्रपाको केन्द्रीय सदस्य हुन्। सन् २०१९ को क्रिसमस मनाएर १७ वर्षे अमेरिकाको वसाईलाई बिट मारेर नेपाल फर्किएकी श्रेष्ठले सन् २०२० मा अमेरिकाको ग्रिनकार्ड अमेरिकी सरकारलाई हुलाक मार्फत फिर्ता गरिदिएकी थिईन्।


सन् २००२ मा अमेरिकामा पहिलो पाईला टेक्दा उनलाई सत्र वर्ष प्रवासमा बसिएला भन्ने लागेकै थिएन। त्यतिखेर उनी लायन्स क्लब नेपाल डिस्ट्रिक्ट एको फेलोशिप चेयरपर्सन थिईन् र त्यस पदकै हैसियतमा सन् २००२ को नोवेम्बर २२ तारिख अमेरिकाको लासभेगास सहरमा आयोजित जेसिआई वर्ल्ड कन्फेरेन्समा भाग लिन आएकी थिईन्।


उसो त उनी बिसं. २०३४ मा स्थापित नारी विकास केन्द्र बाँकेको संस्थापक प्रेसिडेंट हुन् भने सन् १९९५ मा नेपाल जेसिआईको उपाध्यक्ष रहेकी थिईन्। रूपन्देहीमा जन्मिएकी भए पनि श्रीमान मनिन्द्रलाल श्रेष्ठको रासस भेरी अन्चल प्रमुखको जिम्मेवारीको कारण नेपालगंजमा बसेवास गर्न पुगिन् र ग्रोसरी स्टोर संचालन गर्ने त्यहाँको पहिलो व्यावसायी महिला बन्न सफल भईन्।


श्रीमान मनिन्द्रलाल श्रेष्ठको भर्खरै ७९ वर्षको उमेरमा निधन भएकोछ। श्रेष्ठ दम्पत्तिको चार सन्तान मध्ये तीन छोरीहरूमा कान्छी छोरी श्रीजना श्रेष्ठ र छोरा मनिष श्रेष्ठ अमेरिकामा बसोवास गर्छन्।


अमेरिकामा छँदा शुरूवातकालदेखि नै मिनाकुमारी श्रेष्ठ अमेरिकी नेपाली समाजमा सकृय भएर लागि परिरहिन्। अमेरिकामा नेपालीहरूले सन् २००३ मा स्थापना गरेको पहिलो लायन्स क्लब, डालस एभरेष्ट लायन्स क्लबको उनी संस्थापक सदस्य बनिन्। टेक्सासबाट सन् २००४ मा न्यू योर्क सहरको रिजवुडमा बसाई सरेपछि उनी रिजवुड नेपाली सोसाइटीको सदस्य रहेर दश वर्षसम्म (२००४-२०१४) निरन्तर सेवा गरिन्। त्यसैगरी, सन् २००६ (?) मा राप्रपा सम्बद्द प्रवासी नेपाली समाजको संस्थापक सदस्य र पछि उपाध्यक्ष बनेकी थिईन्।


लुम्बिनी प्रदेश सभा सदस्य विजयी मिनाकुमारी श्रेष्ठ हाल राप्रपाको केन्द्रीय सदस्यका साथै जागृति महिला सेल बाँकेको सदस्य रहेर स्थानीय महिलाहरूको हकअधिकारको निम्ति निरन्तर लागिपरिरहेकी छिन्।

Hari K. Sharma. Photo courtesy: Namlo Events via Hari K. Sharma Facebook profile


5. हरि शर्मा, नेपाली हकअधिकार र पहिचानलाई अमेरिकी राजनीतिको मूलधारमा चिनाउने अगुवा


ललितपुरको झम्सीखेलमा जन्मेका हरि शर्मा अमेरिकाको राजधानी वासिंगटन डिसी क्षेत्रमा विगत साढे दुई दशकदेखि डेमोक्रेटिक पार्टीमा सकृय रही नेपाली हकअधिकार र पहिचानलाई अमेरिकी राजनीतिको मूलधारमा समाहित गरेका अगुवा नेपाली हुन्।


Nepali American trailblazing leader Mr. Hari K. Sharma born n raised in Jhamsikhel, Lalitpur, Nepal. Mr. Sharma came to the USA in 1990 to pursue his advance education.


Mr. Sharma is a successful political activist and entrepreneur serving in the Washington DC metropolitan region since last three decades.


Mr. Sharma joined Democratic Party (DNC) as member in late 1990 and held various elected position in the party in early 2000- 2015. He lives in the commonwealth of Virginia with his daughter Samantha son Sahaj and spouse Sarita.


Pabitra Khati Benjamin. Photo courtesy: Pabitra Khati Benjamin Facebook profile


6. पवित्रा खाती बेन्जामिन, सामाजिक अभियन्ता नेतृ


अमेरिकाको मुलधारको सामाजिक अभियानमा विगत २५ वर्षदेखि कृयाशील पवित्रा खाती बेन्जामिनले एम्नेस्टी ईन्टरनेसनल अमेरिकालगायत अमेरिकी मुलधारका थुप्रै संघसंस्थाको नेतृत्वदायी तहमा रहेर सामाजिक परिवर्तनको कार्य गरेकीछिन् भने विगत ६ वर्ष न्यू योर्क सहरमा कृयाशील चर्चित नेपाली संस्था अधिकारको कार्यकारी निर्देशक भएर सफल कार्यसम्पादन गरी भर्खरै अवकास लिएकी अगुवा महिला नेतृ हुन्।


Pabitra Khati Benjamin is a builder, an organizer, and a parent. She is a proud Dailt queer immigrant person of color. Pabitra came to the U.S. from Nepal with her parents when she was 7. Growing up in a mixed race, caste, class, and international family - her passion for community organizing grew out of this experience. She began as a youth activist in Wisconsin and was trained as a student organizer at the University of Wisconsin. During her career, Pabitra served in leading organizing efforts with Amnesty International USA, the National Queer Asian Pacific Islander Alliance, the Rights Working Group, Asian and Pacific Islander American Vote, Fair Wisconsin/Action WI Education Fund, and the Milwaukee LGBT Community Center. For the last six years, she was honored to serve as the Executive Director at Adhikaar for Human Rights and Social Justice where she formerly served as a Board member. For the last twenty-five years, Pabitra has worked on numerous causes connecting racial justice, immigration, LGBTQ rights, and workers’ rights issues. For Pabitra, the social justice movement is life and life is movement. Currently, she is focusing on being a better parent, partner, and family member while rejuvenating new adventures to help build a better world.


Amrit Lama. Photo courtesy: Amrit Lama Facebook profile


7. अमृत लामा, संस्थापक अध्यक्ष, हामी नेपाली ग्लोबल


सन् २०१८ मा अमेरिकामा स्थापित हामी नेपाली ग्लोबल संस्थाका संस्थापक अध्यक्ष रहेका अमृत लामा अहिले ४० देशहरूमा फैलिन सफल यो संस्थाको अन्तर्राष्ट्रीय अध्यक्ष छन्। नेपालमा चलचित्र नायक, कलाकार र निर्माता रहेका लामाले कलाकारिता र समाजसेवालाई संगसंगै निरन्तरता दिएकाछन्।



Parijita Bastola. Photo collage via NBC The Voice


8. परिजिता बास्तोला, The Voice Top 8 फाईनलिष्ट


परिजिता बास्तोला अमेरिकी टेलिभिजन एनबिसीको रियालिटी साँगितिक प्रतियोगिता The Voice मा उत्कृष्ट ८ औं बनेर नेपाली पहिचानलाई अमेरिका र विश्वभर चिनाएकी युवा गायिका प्रतिभा हुन्।


परिजिता अमेरिकाको भर्जिनियामा जन्मेकी हुन्। उनी नेपाली आमा-बाबा वीरा तिवारी र पंकज बास्तोलाकी कान्छी छोरी हुन्। हाल उनी मेरिल्याण्ड राज्यमा आमाबुवासँग बसोबास गर्दै आएकी छिन् ।परिजिताका बाबा पंकज बास्तोला बाईस वर्ष अघि पूर्वि नेपालको झापाबाट अमेरिका आएका थिए।


परिजिताले आफ्नो अध्ययन मेरील्याण्डको सेभेनर्स पार्क हाई स्कूलबाट गरेकी छिन् भने उनको सांगीतिक यात्रा सेभेनर्स पार्क भ्वाईस व्याण्डबाट भएको थियो । परिजिता १३ बर्षको उमेरदेखि गीतसंगीतमा लागेकी हुन् ।


उनीबारे नेपालिजमको थप रिपोर्टिंग पढ्नुहोस्ः



ChangeMakers (परिवर्तनका संवाहक) २०२० र २०२१ बारे सविस्तार पढ्नुहोस्ः


नेपालीजम डट कमले सन् २०२१ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2021 (North America: Canada & USA) सार्वजनिक गरेको थियो । अमेरिकाको अलावा क्यानाडाबाट समेत मनोनयन आएकोले यो वर्ष नर्थ अमेरिका समावेश गरिएको थियो । सन् २०२१ को ChangeMakers लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये ४० जना व्यक्तित्वहरू रहेका थिए भने अमेरिकि नेपाली ३० जना, क्यानाडाली नेपाली ६, महिलाहरु ११ जना (२७.५ प्रतिशत), अमेरिकि नागरिक १ जना, नेपाल फर्किएका १ जना, अमेरिकाबाट टाइवानमा रहेका १ जना, मरणोपरान्त १ जना, संघसंस्थाहरू ७ रहेका थिए ।




Read details news of ChangeMakers 2021 at:



नेपालीजम डट कमले सन् २०२० मा पहिलो पटक शुरू गरिएको ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये ६८ जना व्यक्तित्वहरू रहेका थिए भने अमेरिकि १६ जना, महिलाहरु १५ जना (२२ प्रतिशत), पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ र अमुक पौरखी पात्रहरु ५ समूह रहेका थिए ।


Read details news of ChangeMakers 2020 at:


0 comments

ความคิดเห็น


bottom of page