अमेरिकाको सुदिन कहिले आउला? अन्तत: जोय बाईडेन अमेरिकी संयुक्त सदनबाट ४६ औं राष्ट्रपति घोषित

-Pradeep Pariyar Thapa
Updated: Exclusive: अमेरिकी संयुक्त सदनबाट अन्तत: डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जोय बाईडेन अमेरिकाको ४६ औं राष्ट्रपतिको रूपमा औपचारिकरूपमै विजयी घोषित भएकाछन्। जनवरी ६ तारिख बसेको संयुक्त सदनको बैठकले बाईडेनले अमेरिकाको ५० राज्यबाट जितेको ३०६ ईलेक्टोरल मतलाई अनुमोदन गरेपछि उनी औपचारिकरूपमा अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने पक्का भएको हो। अनेक व्यावधानका बावजूद आज (जनवरी ७) बिहान अमेरिकी संयुक्त सदनले बाईडेनको विजय घोषणा गरेपछि जनवरी २० तारिख जोय बाईडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुने सुनिश्चित भएकोछ। तर अमेरिकाको भविष्य के हुने हो? सविस्तार तल चर्चा गरौं:
ट्रम्पको बखेडा
गत नोवेम्बर ३ तारिख सम्पन्न आमनिर्वाचनमा बाईडेनले उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राप्त गरेको २३२ ईलेक्टोरल मतको विरूद्ध ३०६ ईलेक्टोरल मत ल्याएर विजयी भएका हुन्। विजयी हुन २७० ईलेक्टोरल मत जित्नु पर्दछ।उसो त, बाईडेनले ट्रम्पकोभन्दा ७० लाखभन्दा बढी लोकप्रिय मतले पनि जितेका छन्। दु:खको कुरा, नोवेम्बर ३ को निर्वाचनपछि राष्ट्रपति ट्रम्पले निर्वाचनमा आफ्नो हार स्वीकार गर्न कहिल्यै मानेनन्। यहाँसम्मकि उनले जनवरी ६ तारिख आफ्ना समर्थकहरूलाई संसद भवनमा गएर शक्ति प्रदर्शन गर्न आह्वान गरे जसको कारण उनका समर्थकहरूले संसद भवन तोडफोड गरी भवनभित्र छिरे र बाईडेनको विजयलाई औपचारिकता दिन बसेको संसद अवरुद्ध गर्न सफल भए भने सुरक्षाकर्मी र ट्रम्प समर्थकहरू बिचको झडपमा परी ४ जनाको (१ को गोलीबाट, ३ को स्वास्थ्यको कारण) अनाहकमा निधन हुन पुग्यो भने दुबै पक्षका कैयन घाईते हुन पुगे। समाचार अनुसार ७० प्रदर्शनकारहरूलाई प्रहरीद्वारा गिरफ्तार गरिएको छ भने झडपमा ५६ सुरक्षाकर्मीहरू घाईते भएकाछन्। अमेरिकाको आधुनिक संवैधानिक ईतिहासमा पहिलो पटक घटेको यस्तो अराजक घटनालाई सर्वपक्षबाट भर्त्सना गरिएकोछ।
अमेरिकाको भविष्य